जनकपुरकै न्यूरो हस्पिटलमा 'क्रोनियोटोमी' को सफल अपरेशन
बिरामीका बुवा परशुराम यादवले जनकपुरधामका एक अस्पतालले इलाज हुन्छ भन्दै हप्ता दिनसम्म राखेर लाखौ रुपैया खर्च गराएको र अन्त्यमा सिटिस्क्यान गरेपछि थप उपचारका लागि यहाँ सम्भव हुदैन भन्दै रेफर गरेको बताए ।

२०७९ साउन १० मंगलबार, राति ८:५९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित सँचालनमा आएको न्यूरो हस्पिटलमा क्रानियोटोमीको सफल अपरेशन गर्न सफल भएको छ ।
न्यूरो सम्बन्धी क्रानियोटोमी एण्ड इभाक्यूसन अफ हेमाटोमाको सफल अपरेशन जनकपुरमै सम्भव गरेर देखाएको छ ।
जनकपुरधाम स्थित जनकपुर न्यूरो हस्पीटल एण्ड रिसर्च सेन्टरले दुर्घटनाका एक घाइतेको सो सफल शाल्यक्रिया गरेको हो ।
महोत्तरी जिल्ला बलवा नगरपालिका वडा नम्बर १० परौल थानका २२ वर्षिय अनितेश यादवको क्रानियोटोमी एण्ड इभाक्यूसन अफ हेमाटोमा सम्बन्धी सफल शल्यक्रिया गरिएको हो ।
हस्पीटलका न्यूरो सर्जन स्पेलिस्ट डा।. विजय कुमार नेतृत्वको चिकित्सक टोलीले गत साउन २ गतेका दिन क्रिटिकल अवस्थामा रहेका अनितेशको क्रानियोटोमीको सफल शल्यक्रिया गरेर ज्यान जोगाउन सफल भएका हुन ।
सोमबार न्यूरो हस्पिटल जनकपुरधामले पत्रकार सम्मेलनको आयोजना गरी डा. राउतले दुर्घटना पश्चात जनकपुरधामकै एक स्थानीय अस्पतालले कयौं दिन भर्ना गरेर रोकेर राखेको सो बिरामीको अवस्था अन्तिम अवस्थामा पुगेपछि रेफर भएर आफुहरुको सम्पर्कमा आएको बताए ।
‘जुन अवस्थामा बिरामीलाई यहाँ ल्याइयो, विराटनगर वा काठमाडौ लगेको भए बाच्न सक्ने अवस्था थिएन’ उनले भने ।
समयमै यहाँ ल्याइएपछि हामीले विरामीको ज्यान जोगाउन सफल भएको चिकित्सक कुमारले बताए ।
बिरामीका बुवा परशुराम यादवले जनकपुरधामका एक अस्पतालले इलाज हुन्छ भन्दै हप्ता दिनसम्म राखेर लाखौ रुपैया खर्च गराएको र अन्त्यमा सिटिस्क्यान गरेपछि थप उपचारका लागि यहाँ सम्भव हुदैन भन्दै रेफर गरेको बताए ।
हतोत्साहित भएर विराटनगर तिर लग्न खोजेको तर एक एम्बुलेन्स चालकको सुझावमा यस हस्पीटलमा ल्याएपछि उपचार भएकोमा उनीहरुले खुसी व्यतm गरेका छन् ।
जनकपुरधाम स्थित जनकपुर न्यूरो हस्पीटल मात्र न्यूरो सम्बन्धी उपचार हुने पहिलो हस्पीटल रहेको दावी गरिएको छ ।
अस्पतालमा शरीरका विभिन्न भागका प्लास्टिक एवं कस्टेमिक सर्जरी लगायत अन्य सर्जन तथा रोगहरुका उपचार सेवा समेत उपलब्ध रहेको बताइन्छ ।
नेपालमा प्लास्टिक एवं कस्टेमिक सर्जरीको व्यवस्था काठमाडौपछि जनकपुरधामकै न्यूरो अस्पतालमा रहेको समेत दाबी डा. राउतले गरेका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…