सिरहाको औरही गाउँपालिकामा पनि करारका कर्मचारी आन्दोलित, अध्यक्षसँग जवाफ माग
कर्मचारीहरुप्रतिको राजनीतिकरण बन्द गरी कर्मचारीहरुलाई काम गर्ने वातावरण बनाउन आग्रह गरिएको छ ।
२०७९ साउन ६ शुक्रबार, बेलुकी ५:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लास्थित रहेको औरही गाउँपालिकामा कार्यरत करारका कर्मचारीहरुले पुनःस्थापनाको माग गर्दै आन्दोलित भएका छन् ।
करारमा काम गर्दै आएका सो गाउँपालिकाका कर्मचारीहरुले बिना कारण आफूहरुलाई साउनदेखि म्याद थप नगर्नुको कारण माग्दै गाउँपालिका अध्यक्षसँग जवाफ मागेका छन् ।
करारमा कार्यरत कर्मचारीहरुको एक समूहले शुक्रबार गाउँपालिका अध्यक्ष शिवजी यादवलाई ज्ञापन पत्र बुझाउँदै विभिन्न माग राखी आन्दोलित भएका छन् ।
उनीहरुले करारमा कार्यरत कर्मचारीहरुलाई म्याद थप नगर्नुको कारण देखाउन माग गर्दै सोही कर्मचारीहरुलाई काममा फर्काउन आग्रह गरिएको छ ।

कार्यरत करारका कर्मचारीहरुलाई बिना कारण हटाउँदा कर्मचारीहरुप्रतिको विश्वास घटने भएको बताउँदै कर्मचारीहरुले करारमा कार्यरत कर्मचारीहरुलाई आवश्यक मापदण्ड बनाएर पुनःबहालीको माग गरिएको हो ।
कर्मचारीहरुप्रतिको राजनीतिकरण बन्द गरी कर्मचारीहरुलाई काम गर्ने वातावरण बनाउन आग्रह गरिएको छ । यसका साथै उनीहरुले हाम्रो भन्दा राम्रोलाई प्राथमिकतामा राखेर कर्मचारीहरुलाई काम गर्न दिन भनिएको छ ।
गत असार १७ गते गाउँसभाबाट करारका कर्मचारीहरुको म्याद थप नहुने गरी निर्णय गरिएको भन्दै सो निर्णय सच्याउन माग गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
उमेश यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…