धनुषाको औरही गाउँपालिका पूर्णखोप घोषणा
उनले स्वास्थ्यकर्मी कर्मचारीहरुले महामारीको बेला समेत आफ्नो जीउ ज्यानको परवाह नगरी निरन्त अहोरात्र खटेर गाउँपालिकालाई पूर्ण खोप गाउँपालिकाको रुपमा घोषणा गराउन सफल भएको भन्दै कर्मचारीहरुप्रति आभार प्रकट गरे ।

२०७९ साउन ५ बिहीबार, राति ८:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्लास्थित औरही गाउँपालिकालाई पूर्ण खोप गाउँपालिकाको रुपमा घोषणा गरिएको छ ।
विहिबार एक समारोहको आयोजना गरी औरही गाउँपालिकाको विभिन्न वडाहरुमा बालबालिकाहरुले पूर्ण रुपमा खोप पाएको भन्दै पूर्ण खोप गाउँपालिका घोषणा गरिएको हो ।
औरही गाउँपालिकाको अध्यक्ष उमाशँकर साहको अध्यक्षता तथा जिल्ला समन्वय समितिको अध्यक्ष राजनन्दन मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न एक कार्यक्रमबीच गाउँपालिकालाई पूर्ण खोप घोषणासँगै प्रमाणपत्र दिएको हो ।
सो क्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक यादवले विभिन्न समयमा स्वास्थ्यकर्मीहरुले देखाएको साहसको परिणाम स्वरुप गाउँपालिका पूर्ण खोप घोषणा भएको बताए ।
उनले स्वास्थ्यकर्मी कर्मचारीहरुले महामारीको बेला समेत आफ्नो जीउ ज्यानको परवाह नगरी निरन्त अहोरात्र खटेर गाउँपालिकालाई पूर्ण खोप गाउँपालिकाको रुपमा घोषणा गराउन सफल भएको भन्दै कर्मचारीहरुप्रति आभार प्रकट गरे ।
गाउँपालिकाभित्र रहेको १६ देखि २३ महिनासम्मको सम्पूर्ण बालबालिकाहरुलाई सबै प्रकारको खोप लगाइएको भन्दै गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…