मधेशी आयोगमा दुई आर्थिक बर्षदेखि शून्य बेरुजु, सर्वोत्कृष्ट भएपछि कर्मचारीहरुलाई पुरस्कार
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको सरकारको संवैद्यानिक अँग रहेको मधेशी आयोगमा विगत दुई आर्थि बर्षदेखि शून्य बेरुजु रकम आएपछि कर्मचारीलाई सम्मान गरिएको छ । देशैभरि स्थानीय तहसहित अन्य तह र कार्यालयमा बेरुजुको चाँग लागेको अवस्थामा मधेशी आयोगमा जिरो बेरुजु आएपछि कर्मचारीहरुलाई सम्मानसहित पुरस्कृत गरिएको

२०७९ साउन ३ मंगलबार, दिउँसो २:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको सरकारको संवैद्यानिक अँग रहेको मधेशी आयोगमा विगत दुई आर्थि बर्षदेखि शून्य बेरुजु रकम आएपछि कर्मचारीलाई सम्मान गरिएको छ ।
देशैभरि स्थानीय तहसहित अन्य तह र कार्यालयमा बेरुजुको चाँग लागेको अवस्थामा मधेशी आयोगमा जिरो बेरुजु आएपछि कर्मचारीहरुलाई सम्मानसहित पुरस्कृत गरिएको हो ।
मधेशी आयोगका अध्यक्ष प्रा.डा. विजय कुमार दत्तले मधेशी आयोगमा कार्यरत कर्मचारीहरुको कार्यसम्पादन सबभन्दा उत्कृष्ट रहेको भन्दै सम्मानसहित पुरस्कृत समेत गरेको हो ।
मधेशी आयोगले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा आयोगको शुन्य प्रतिशत बेरुजु कायम भई आयोगलाई सर्वोत्कृष्ट बनाउन महत्वपूर्ण भूमिका खेलेका आयोगका वर्तमान तथा पुर्व कर्मचारीहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।

आयोगमा आयोजित एक विशेष कार्यक्रम बीच आयोगका माननीय अध्यक्ष डा. विजयकुमार दत्तले आयोगका पुर्व सचिवहरु दिपेन्द्र काफ्ले, भुवनहरी अर्याल र लोकनाथ पौड्याल तथा पुर्व लेखा प्रमुख रमेश पाण्डे लाई नगद पन्ध्र हजार पुरस्कार र सम्मान पत्र तथा गम्छा ओढाई सम्मान गरेका हुन् ।
अध्यक्ष दत्तले आयोगले नियामानुसार र कानुन को अक्षरसः पालना गरी आयोगले पाएको बजेट लाई सदुपयोग गर्न सहयोग गरेको कर्मचारीहरुलाई धन्यवाद समेत दिएका छन् ।
अध्यक्ष डा. दत्तले मधेशी आयोग सर्वोत्कृष्ट भएर नेपालमा आर्थिक नियमिता को उदाहरण समेत बनेको बताएका छन् ।
बेरुजु फर्छ्यौट अनुगमन समितिले आयोगलाई पत्र लेखेर मधेशी आयोगको आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को लेखापरीक्षणबाट शुन्य प्रतिशत बेरुजु कायम भई दुवै लक्ष्य प्राप्त गरी ूसर्वोत्कृष्टू भएकोमा विशेष धन्यवाद ज्ञापन गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…