नग्न शरिर जनकपुर बजारमा हिडने महिलाको मानवसेवा आश्रमद्धारा उद्धार
सडकमा बेबारिसे भएका मानिसहरुलाई मानव सेवा आश्रमले आश्रय दिँदै आएको छ ।

२०७९ साउन ३ मंगलबार, बिहान १०:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तराईको प्रचण्ड गर्मीमा बिना वस्त्रकै बजारमा हिडने एक मनोरोगी महिलालाई मानव सेवा आश्रमको धनुषा शाखाले उद्धार गरेको छ ।
सोमबार दिउँसो ११ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ रामचोक र मुरलीचोकको बीचमा पर्ने नेपाल राष्ट्र बैँक अगाडीबाट महिलालाई उद्धार गरिएको हो ।
मनोरोगबाट ग्रसित महिला आगोको मुस्लो झैँ प्रचण्ड गर्मीमा निरवस्त्र घुमिरहेको खवर पाए लगत्तै उनलाई उद्धारको लागि मानवसेवा आश्रमको टोलीले उद्धार गरेको हो ।
मनोरोगबाट ग्रसित भएकी ती महिलालाई उनकै सन्तानहरुले घरबाट भगाएपछि भएको दुर्दशापछि मानवसेवा आश्रमले आश्रय दिएको हो । निरवस्त्र रहेकी सो महिलालाई सडकमै आश्रमका सेवकहरुले वस्त्र लगाएको थियो ।
उनी सो वस्त्र पुनः फुकाल्न लाग्दा उनलाई अटोरिक्सामा बसाएर मानव सेवा आश्रममा लगेर उद्धार गरिएको हो । मनोरोगको कारण जोखिमपूर्ण जीवन व्यतित गरेकी सो महिलालाई मानव सेवा आश्रमले नयाँ जीवन दिने विश्वास लिइएको छ ।
सडकमा बेबारिसे भएका मानिसहरुलाई मानव सेवा आश्रमले आश्रय दिँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…