प्रादेशिक अस्पताल जनकपुरले आजदेखि अनुमोदन नहुने कर्मचारी हाजिर नगराउने
वि.सं. २०७७ कार्तिक २५ गतेपछि नियुक्तिहरुमध्ये तत्कालिन अस्पालत व्यवस्थापन तथा सँचालन समितिबाट अनुमोदन नभएका सम्पूर्ण कर्मचारीहरुलाई म्याद थप नहुँदासम्म हाजिरी नगराउन सूचनामा उल्लेख गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले जानकारी दिए ।

२०७९ साउन १ आइतबार, बिहान ८:१२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक अस्पतालमा कार्यरत करारका कर्मचारीहरुलाई अनुमोदन नभएसम्म आजदेखि हाजिर नगर्न सूचना जारी गरेको छ ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधामले शुक्रबार एक सूचना जारी गर्दै नयाँ आर्थिक बर्ष २०७९/०८० को श्रावण १ गतेदेखि करारमा कार्यरत कर्मचारीहरुको म्याद अनुमोदन नभएसम्म हाजिरी नगराउन नगर्न भनिएको छ ।
वि.सं. २०७७ कार्तिक २५ गतेपछि नियुक्तिहरुमध्ये तत्कालिन अस्पालत व्यवस्थापन तथा सँचालन समितिबाट अनुमोदन नभएका सम्पूर्ण कर्मचारीहरुलाई म्याद थप नहुँदासम्म हाजिरी नगराउन सूचनामा उल्लेख गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले जानकारी दिए ।
प्रादेशिक अस्पतालका प्रशासन प्रमुख कृष्णदेव कुमार दासद्धारा जारी गरिएको सो सूचनामा अनुमोदन र म्याद थप भएपछि मात्र हाजिरी गर्न उल्लेख गरिएको हो ।
.jpeg)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…