सिरहामा युवक मृत फेला
न्यूज ब्यूरो ,सिरहा | सिरहाको मिर्चैयामा एक युवक मृत अवस्थामा फेला परेका छन् । मिर्चैया नगरपालिका-९ घुर्मिचौकदेखि सय मिटर उत्तर सडक किनारमा मिर्चैया नगरपालिका-९ ढोढ्ना फत्तेपुरका २९ वर्षीय जीवन साह मृत अवस्थामा भेटिएका हुन् । हिजो अपराह्न घरबाट प्र. २–०१–००३ प ३२४८ नम्बरको मोटरसाइकलमा तरकारी किन्न म

२०७९ असार ३१ शुक्रबार, बिहान ६:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ,सिरहा | सिरहाको मिर्चैयामा एक युवक मृत अवस्थामा फेला परेका छन् । मिर्चैया नगरपालिका-९ घुर्मिचौकदेखि सय मिटर उत्तर सडक किनारमा मिर्चैया नगरपालिका-९ ढोढ्ना फत्तेपुरका २९ वर्षीय जीवन साह मृत अवस्थामा भेटिएका हुन् ।
हिजो अपराह्न घरबाट प्र. २–०१–००३ प ३२४८ नम्बरको मोटरसाइकलमा तरकारी किन्न मिर्चैया बजार हिँडेका साह बिहीबार बिहान स्थानीयले सडक छेउमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनी चढेको मोटरसाइकल सडकको अर्को किनारामा ढलेको अवस्थामा भेटिएको छ ।
जानकारी पाउनासाथ तत्काल पुगेकाे प्रहरीले मोटरसाइकल अनियन्त्रित भएर लडेको हुन सक्ने अनुमान गरेपनि घटना शंकास्पद रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिबहादुर ओलीले जानकारी दिए । घटनाको प्रकृति हेर्दा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जस्तो देखिएपनि आशंका गर्ने ठाउँ रहेको उनले जनाए। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
घरबाट हिजै निस्केको भएपनि गाउँबाट जन्ती जाने भएकाले जन्ती गएको हुन सक्ने भन्दै घरपरिवारले खोजी नगरेको बताएको छ । उनीहरुले बिहान प्रहरीले खबर गरेपछि मात्र घटनाबारे जानकारी पाएको जनाए । उनको मोटरसाइकलमा तरकारीसहितको झोला समेत भेटिएको छ । त्यसैले उनी तरकारी किनेर घर फर्किने क्रममा नै घटना भएको अनुमान गरिएको छ। प्रहरीले पनि राति नै घटना भएको हुन सक्ने बताएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…