गभर्नर महाप्रसाद अधिकारीलाई तुरुन्तै बर्खास्त गरिनुपर्छः नेता बरबरिया
एमालेको अर्थ तथा योजना विभाग सदस्यमा नियुक्त भएको विषय बाहिरिएपछि उनीमाथि प्रश्न चिन्ह तेर्सिएको छ ।

२०७९ असार २९ बुधबार, राति १०:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा माओवादी केन्द्रको मधेश प्रदेश कमिटी सदस्य उदय कुमार बरबरिया (यादव) ले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन्।
बरबरियाले गभर्नर अधिकारी दलीय जिम्मेवारीमा रहेको भन्दै उनलाई बर्खास्त गर्न माग गरेको हो ।
‘उनले प्राप्त गरेको दलीय जिम्मेवारीले नेपाल राष्ट्र बैंक ऐन २०५८ को उल्लेखित दफाको उल्लंघन गरी कानुनको धज्जी उडाएको हुँदा उनलाई तुरुन्त बर्खास्त गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछु’ ।– उनले भने ।
यसअघि गत बर्षको चैत्त २५ गते आर्थिक अवस्था डामाडोल हुँदै गएको, राष्ट्र बैंकको गर्भनरका हैसियतमा गर्नुपर्ने कामकारवाहीमा प्रश्न चिह्न खडा भएको भन्दै स्रोतले गम्भीर आरोप लागेका अधिकारी निलम्बन समेत भएका थिए ।
गभर्नरबारे अध्ययन गर्न छानबिन समिति गठन गरिएको तथा आरोपबारे छानविन गर्न नेपाल राष्ट्र बैंक ऐनकाअनुसार पूर्व न्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति बनेको थियो ।
नेपाल राष्ट्र बैंक ऐन अनुसार समिति गठन भएपछि गभर्नर स्वत निलम्बनमा पर्ने व्यवस्था अनुसार उनी निलम्बनमा परेका थिए ।
एमालेको अर्थ तथा योजना विभाग सदस्यमा नियुक्त भएको विषय बाहिरिएपछि उनीमाथि प्रश्न चिन्ह तेर्सिएको छ ।
केन्द्रीय नियामक निकायको १ नम्बर जिम्मेवारीमा रहेका व्यक्ति आस्था र विचारले जतासुकैको भए पनि राजनीतिक दलको विभागीय सदस्य बन्न नहुने भएपनि उनी एमाले पार्टीमा गएको खवरपछि चौतर्फी बर्खास्तीको माग उठेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…