
न्यूज ब्यूरो ,जनकपुर | लेखक तथा राजनीतिक विश्लेषक सीके लालले गणतान्त्रिक व्यवस्थामा मात्रै नेपाली राजनीतिक दलहरूले बाध्यताले मात्र संघीयता स्वीकारेको बताएका छन् ।
शनिबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको 'मधेश मन्थन' कार्यक्रमको अन्तिम सत्र 'संघीयताको अभ्यास र अनुभव : मधेश प्रदेशको ५ वर्ष' मा लालले नेपाली कांग्रेस, एमाले र तत्कालीन राजालाई संघीयता मन नपरेको बताएका हुन् ।
संघीयतालाई आफ्नो मुद्दा बताउने माओवादीले पनि स्वायत्त प्रदेश मात्र स्वीकार भएको पनि उनले बताए । 'संविधानमा आएको संघीयता तेस्रो मधेश विद्रोहलाई थेग्न नसकेर त्यसलाई सम्बोधन गर्न आएको हो । संघीयतालाई बुझेर संघीयताका लागि यो संघीयता आएको होइन,' उनले भने ।
राजावादी, पुँजीवादी, समाजवादी र साम्यवादी सोचमा संघीयताको अवधारणा नभएको पनि उनको भनाइ छ । नेपालको संघीयता उत्तरआधुनिक संघीयता भएको र विश्वमा अपनाइएका संघीयता मोडेलभन्दा पृथक रहेको उनले बताए ।
साभार : कान्तिपुर
जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी
- २०७९ असार २५ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् । आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२
पूरा पढ्नुहोस्