उमेश बचाउको लागि सरकारसम्म दबाब दिन्छौँ : युवा नेता महतो
न्यूज ब्यूरो || जनकपुरधाम, २८ चैत्त । नेपाली काँग्रेसका भातृ सँगठन नेपाल तरुण दलका युवा नेता राजेश महतोले उमेश यादव बचाउको लागि सरकारसम्म दबाब दिने बताएका छन् । न्यूज ब्युरोमा प्रकाशित उमेश यादवको मुद्दा सम्बन्धी समाचार देशविदेशमै भाइरल भएपछि युवा नेता महतोको ध्यानाकर्षण भएको छ । मँगलबार नेपाल तरुण

२०७४ चैत २८ बुधबार, बिहान ९:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २८ चैत्त । नेपाली काँग्रेसका भातृ सँगठन नेपाल तरुण दलका युवा नेता राजेश महतोले उमेश यादव बचाउको लागि सरकारसम्म दबाब दिने बताएका छन् ।

न्यूज ब्युरोमा प्रकाशित उमेश यादवको मुद्दा सम्बन्धी समाचार देशविदेशमै भाइरल भएपछि युवा नेता महतोको ध्यानाकर्षण भएको छ ।
मँगलबार नेपाल तरुण दल धनुषाको आयोजनामा सम्पन्न नेपाली काँग्रेस पार्टीको ६८ औँ स्थापना दिवसको अवसरमा बोल्दै युवा नेता महतोले एक नेपाली युवालाई घाँटी काटेर सउदीमा २४ घण्टा बीच चौराहामा झुण्डयाउने सजाय गरिएपनि नेपाल सरकार मौन बस्नु जनताप्रतिको, नागरिकप्रतिको मोह त्यागेका भाष भएको बताए ।
नेता महतोकै अध्यक्षता एवम् नेपाली काँग्रेस धनुषाका जिउँदो सहित ललन चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वक्ताहरुले कमला नगरपालिका वडा नं. ३ बस्ने उमेश यादवलाई सउदी अदालतले सुनाएको सजाय र गर्नुपर्ने पहल बारे दर्साएका थिए । 
तरुण दलको लागि देशैभरि युवा जनजागरण अभियानको थालनी गर्न उदेश्यले समेत आयोजना गरिएको उक्त कार्यक्रममा जिउँदो शहिद चौधरीलाई दोसल्ला तथा माला अबिर लगाएर सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा युवा नेता ईन्द्रेश सिँहले समेत उमेश बचाउको लागि आजैदेखि आवश्यक पहल थाल्ने जनाउँदै तरुण दलको राष्ट्रिय युवा जनजागरण अभियानलाई तीव्रता दिने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु, तरुण दल सम्बद्ध युवा नेताहरुको सक्रिय सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…