कानुनी रुपले विद्यालयको विवाद समाधान गरौँः मेयर यादव
शिक्षका यादव प्रावि तह राहत तृतीय श्रेणी पदमा कार्यरत रहँदै आएकी थिइन। स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा शिक्षिका रेखा यादवले विद्यालयको प्रधानाध्यापकलाई संवोधन गर्दै मिति ०७९ बैसाख ८ गते घरायसी कारण देखाइ राजीनामा दिएको थियो ।

२०७९ असार २३ बिहीबार, राति ९:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर जीतनारायण यादवले बरमझियास्थित रहेको एक विद्यालयको विवाद कानुनी समाप्त गर्न निर्देशन दिएका छन् ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकाको बरमझियास्थित रहेको माध्यमिक विद्यालय बरमझियाका प्रधानाध्यापकले राजीनामा गरि सकेकी शिक्षिकालाई पुनः विद्यालयमा हाजिरी गराउँदा स्थानीयबासीहरुले तालाबन्दी गरेपछि मेयर यादवले कानुन अनुसार गर्न निर्देशन दिएका छन् ।
केही सँचार माध्यमहरुमा आफ्नो नाम समेत जोडेको भन्दै मेयर यादवले विद्यालयको सो प्रकरणमा आफ्नो कुनै पनि सँलग्नता नरहेको प्रष्टाउँदै कानुन सम्वत प्रक्रिया बढाएर विवाद समाप्त पार्न निर्देशन दिएका छन् ।
विद्यालय प्रशासन र वडालाई सो समस्या यथाशिघ्र समाधान गरी विद्यालयमा शान्ति कायम गर्न भनेका छन् । राजनीतिक प्रतिशोधले विद्यालय जस्तो संवेदनशिल र शान्तीपूर्ण क्षेत्रलाई बन्द, हडतालले बालिकाहरु आजित भएको बताउँदै उनले यथाशिघ्र समस्या समाधान कानुनी रुपमै गर्न बताएका छन् ।
शिक्षा ऐन बमोजिम कानुन सम्वत गरी यसको बारेमा आफू कहाँ अपडेट गर्न समेत मेयर यादवले विद्यालय प्रशासनलाई निर्देशन दिएका छन् । केही व्यक्तिहरुले राजनीतिक प्रतिशोधले पनि विद्यालयमा राजनीति गर्न खोजेको बताउँदै कानुनी रुपमा मात्र गर्न उनले बताएका छन् ।
स्थानीय तहको निर्वाचनमा उपमेयर पदमा उम्मेदवार बनेकी शिक्षिका रेखा यादवले बैसाख ८ गते राजीनामा दिएकी थिइन् ।
शिक्षका यादव प्रावि तह राहत तृतीय श्रेणी पदमा कार्यरत रहँदै आएकी थिइन। स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा शिक्षिका रेखा यादवले विद्यालयको प्रधानाध्यापकलाई संवोधन गर्दै मिति ०७९ बैसाख ८ गते घरायसी कारण देखाइ राजीनामा दिएको थियो ।
राजीनामा दिएर पनि पुनः विद्यालयमा पढाउन गएपछि केही राजनीतिकर्मीहरुले उनको विरोध जनाउँदै तालाबन्दी गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…