करणीपछि बालिकाले गरिन आत्महत्या, महरा र साफीलाई पक्राउ गर्न प्रदर्शन
यसैबीच परिवारले आजै इलाका प्रहरी कार्यालय मिर्चैयाका विमलेश र शतिसको नाममा किटानी जाहेरी दिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले बताएको छ ।

२०७९ असार २१ मंगलबार, राति १०:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा बालिकालाई करणी गरी आत्महत्या गर्न दुरुत्साहन गर्ने युवकलाई कारबाहीको माग गर्दै स्थानीयहरूले प्रदर्शन गरेका छन् ।
सिरहाको मिर्चैया नगरपालिका १ मल्हनियाँकी १४ वर्षीया बालिकालाई करणी गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै स्थानीयले गाउँकै दुई युवकलाई कारबाहीको माग गरेका हुन् ।
गत सोमबार राति करिब १ बजे स्थानीयले २० वर्षीय विमलेश महरा र २४ वर्षीय शतिस साफीलाई बालिकासँग फेला परेको बताएका छन् ।
गाउँलेहरु शतिसलाई समात्न सफल भएका थिए भने विमलेश भागेका थिए । शतिसले विवाह गर्ने प्रलोभन देखाउँदै घरबाट बोलाएर लगेको बालिकाले आफन्तसँग बताएकी छन् ।
बालिकाका बुवा रोजगारीको लागि कतारमा रहेका छन् । उनी आमा, दाइ, बहिनी र भाइहरूसँगै घरमा बस्दै आएकी थिइन् ।
राति शतिस र बालिका दुवैलाई घर पठाएको भएपनि दोस्रो दिन बालिका घरमै पासो लागेको अवस्थामा फेला परेकी गाउँलेले बताएका छन् ।
दोषीलाई पक्राउ नगरेसम्म शव उठाउन नदिने बताउँदै आएका स्थानीयले प्रहरीले दोषीलाई कारबाही गर्ने भनेपछि शव पोस्टमार्टमका लागि लगिएको हो ।
यसैबीच परिवारले आजै इलाका प्रहरी कार्यालय मिर्चैयाका विमलेश र शतिसको नाममा किटानी जाहेरी दिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले बताएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…