चिनी मिलमा विस्फोट, एकको मृत्यू र ९ घाईते
न्यूज ब्यूरो || जनकपुरधाम, २८ चैत्त । बाराको कलैया उप–महानगरपालिका –२४ श्रीपुरस्थित रिलान्यास सुगर एण्ड केमिकल इण्डस्ट्रिज प्रालि उद्योगमा भएको विस्रुफोटमा परी घाइते भएका एकजना मजदुरको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचारको क्रममा भारतीय नागरिक ४५ वर्षीय राम सनईको मृत्यु भएको जिल्ला प्रहरी कार्याल

२०७४ चैत २८ बुधबार, बिहान ८:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २८ चैत्त । बाराको कलैया उप–महानगरपालिका –२४ श्रीपुरस्थित रिलान्यास सुगर एण्ड केमिकल इण्डस्ट्रिज प्रालि उद्योगमा भएको विस्रुफोटमा परी घाइते भएका एकजना मजदुरको मृत्यु भएको छ ।

जिल्ला अस्पतालमा उपचारको क्रममा भारतीय नागरिक ४५ वर्षीय राम सनईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । उद्योगको एक लाख ७० हजार लिटर क्षमताको उखु पेलेर लेदो निस्कासन हुने मलासिस ट्याक मंगलबार मध्यान्न विष्फोट भएको थियो ।


विस्रुफोटटमा परी घाइते भएका ९ जनाको कलैया र वीरगञ्जमा उपचार भइरहेको छ विस्फोटमा घाइते मजदुरको मत्यु, ९ घाइते । घाइतेमध्ये आठ जनाको नेशनल मेडिकल कलेज र एक जनाको जिल्ला अस्पताल कलैया अस्पतालमा उपचार भइरहको छ ।
विष्फोटमा परी घाइते हुनेमा कलैया उपमहानगरपालिका २ का ब्रजेश महतो, महागढीमाई नगरपालिका ११ का ४७ वर्षीय नागेन्द्र ठाकुर, बारा भोडहाका ३० वर्षीय प्रमेश्वर साह, उत्तरझिटकैयाका २७ वर्षीय भूपेन्द्र मण्डल, ३५ वर्षीय रमेश यादव, शितलपुरका ३५ वर्षीय देवनारायण महतो, पर्सा भेडिहारीका ३२ वर्षिय प्रेमराउत बरई र भारतीय नागरिक ५२ वर्षीय कमलेश्वर सिंह रहेका छन् ।
गम्भीर अवस्थाका तीन जनालाई काठमाडौं पठाउने तयारी भइरहेको बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । विष्फोटबाट उद्योगमा कति क्षति भएको भन्ने बारे अझैं खुलेको छैन । घटनाको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । आजको न्यूजपेपर दैनिक पत्रिकामा समाचार छापिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…