जनकपुरः तीन डाक्टरले बिना परीक्षणको गरे अपरेशन, गर्भवति महिला र बच्चाको अवस्था गम्भिर
पेटमा बच्चा हुँदाहुँदै कुनै प्रकारको परीक्षण नै नगरी अपरेशन गरेपछि पेटमा रहेको बच्चा र आमा दुवैको अवस्था गम्भिर भएको छ । उनलाई गत असार १६ गते काठमान्डौँस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

२०७९ असार २० सोमबार, बिहान १०:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको एक सरकारी अस्पतालमा तीन जना डाक्टरले बिना परीक्षणकै अपरेशन गरिदिएपछि एक गर्भवति महिलाको अवस्था नाजुक भएको परिवारजनले आरोप लगाएका छन् ।
मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित रहेको प्रादेशिक अस्पताल (अँचल अस्पताल) मा भर्ना गरिएकी एक गर्भवति महिलालाई बिना परीक्षणकै अपरेशन गरी अवस्था गम्भिर बनाएको आरोप परिवारजनले लगाएका छन् ।
पित्त थैलीमा पत्थरी भएको भन्दै उनलाई गत असार १२ गते जनकपुरको प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । भर्ना गरेपश्चात उनको पत्थरी निकाल्न अपरेशनमा खटेका तीन जना चिकित्सकको टिमले डाक्टरले कुनै परीक्षण नै नगरी शल्यक्रिया गरेपछि अवस्था गम्भिर बनेको आरोप परिजनले लगाएको छ ।
१२ गते असारमा भर्ना गरिएकी महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर २ हाल जनकपुर बस्दै आएकी २९ बर्षिय बिभा चौधरीलाई असार १३ गते अपरेशन गरिएको थियो ।
प्रादेशिक अस्पतालका सर्जन भनिएका डाक्टर डाक्टर अश्विन यादव, डा. राजेश साह र डा. अमरेश कर्णले बिना कुनै परीक्षणकै अपरेशन गरेपछि पेटमा रहेको बच्चाको अवस्था समेत गम्भिर बनेको छ । बिभाको अपरेशनको लागि अश्विन, अमरेश र राजेश अपरेशन थिएटरमा थिए ।
पेटमा बच्चा हुँदाहुँदै कुनै प्रकारको परीक्षण नै नगरी अपरेशन गरेपछि पेटमा रहेको बच्चा र आमा दुवैको अवस्था गम्भिर भएको छ । उनलाई गत असार १६ गते काठमान्डौँस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।
चौधरीको अवस्था बिग्रेपछि उनलाई हेलिकप्टर मार्फत उपचारको लागि काठमान्डौँ लगिएको उनका आफन्त सँजीव मण्डलले आरोप लगाए । उनले बिभाको यस्तो अवस्थामा आउनुमा तीनै डाक्टरलाई दोषी बताएका छन् ।
यस सन्दर्भमा प्रादेशिक अस्पताल प्रशासन प्रमुखसँग सम्पर्क गर्न खोज्दा तत्कालै सम्पर्क भने हुन सकेनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…