काठमाडौंमा हैजा संक्रमण हुनेको संख्या १७ पुग्यो
न्यूज ब्यूरो, काठमाडौं : काठमाडौंमा हैजा संक्रमण पुष्टि हुनेको संख्या १७ पुगेको छ। शुक्रबार काठमाडौंको कीर्तिपुर, कागेश्वरी मनोहरा र टेकुमा १-१ जनामा संक्रमण देखिएसँगै हैजा संक्रमण पुष्टि हुनेको संख्या १७ पुगेको हो। स्वास्थ्य सेवा विभाग इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल

२०७९ असार १७ शुक्रबार, राति १०:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं : काठमाडौंमा हैजा संक्रमण पुष्टि हुनेको संख्या १७ पुगेको छ। शुक्रबार काठमाडौंको कीर्तिपुर, कागेश्वरी मनोहरा र टेकुमा १-१ जनामा संक्रमण देखिएसँगै हैजा संक्रमण पुष्टि हुनेको संख्या १७ पुगेको हो।
स्वास्थ्य सेवा विभाग इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले प्राय सबैमा दुषित पानीका कारण हैजा देखिएको अन्नपूर्णलाई जानकारी दिए।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले वितरण गरेको केही ठाउँको पानीमा पनि इकोलाई भेटिएको छ। इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले हैजा रोगको रोकथाम तथा नियन्त्रणको लागि सतर्क रहन आम नागरिकलाई आग्रह गरेको छ।
हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न र गर्मी तथा वर्षायाममा वशेष गरी झाडापखालाका, हैजा तथा पानी जन्य रोगहरू फैलने हुँदा सम्पूर्ण सरोकारवालाहरू सजग र सतर्क रहन भनेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…