सशस्त्रका ईन्सपेक्टर प्रमोद राय DSP मा बढुवा
खजुरीमा बेश क्याम्पमा आएपछि भन्सार छलीको समान बरामद, तस्करी नियन्त्रणमा समेत अहम भूमिका खेल्दै आएका रायलाई डिएसपीमा बढुवा गरिएपछि उनका शुभचिन्तकहरुले उनलाई विभिन्न माध्यमबाट बधाई दिन थालेका छन् ।

२०७९ असार १७ शुक्रबार, राति ९:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशस्थित धनुषा जिल्लाको खजुरीस्थित रहेको सशस्त्र क्याम्पका ईन्चार्ज प्रमोद राय डिएसपीमा बढुवा भएका छन् ।
सशस्त्र बेस क्याम्प खजुरीका ईन्चार्ज रहेको ईन्सपेक्टर पदबाट बढुवा भई राय डिएसपी भएका हुन् । उनलाई विहिबार सशस्त्र प्रहरीको प्रधान कार्यालयले जारी गरेको बढुवा सिफारिसमा ६ नम्बर क्रम सँख्यामा नाम सिफारिस परेको हो ।
सशस्त्र प्रहरी सेवाको साधारण समूह तर्फ रिक्त रहेको प्रहरी नायब उपरिक्षकको ५६ जना माग भए बमोजिम प्रमोद राय समेत सो बढुवामा पर्न सफल भएका छन् ।
खजुरीमा बेश क्याम्पमा आएपछि भन्सार छलीको समान बरामद, तस्करी नियन्त्रणमा समेत अहम भूमिका खेल्दै आएका रायलाई डिएसपीमा बढुवा गरिएपछि उनका शुभचिन्तकहरुले उनलाई विभिन्न माध्यमबाट बधाई दिन थालेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…