सशस्त्रको ईन्सपेक्टरबाट DSP भए 'शम्भु कटुवाल'
विहिबार गरिएको ५६ जनाको बढुवा सूचिमा क्रम सँख्या ५१ मा शम्भु कटुवालको नाम समेत समावेश गरिएको छ । ईन्सपेक्टरबाट बढुवा भएर डिएसपी भएपछि उनलाई समाजिक सँजाल, एसएमएस, फोन मार्फत उनका आफन्त, ईष्टमित्र, शुभचिन्तकहरुले बधाई दिएका छन् ।

२०७९ असार १७ शुक्रबार, बिहान ६:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको दुर्गम क्षेत्र मानिने ईनरबा बिओपीका ईन्चार्ज एवम् ईन्सपेक्टर शम्भु कटुवाल बढुवा भएको छ ।
सशस्त्र प्रहरी बलले विहिबार जारी गरेको बढुवा सूचिमा ईन्चार्जको भूमिका निर्वाह गर्दै आएका शम्भु कटुवाललाई समेत बढुवा गरी डिएसपी बनाएको हो ।
आफ्नै कार्यकालमा बिओपी ईनरबाको नयाँ भवन बनाउन सफल भएका कटुवाललाई डिएसपीमा बढुवा गरेको हो । उनको कार्यक्षेत्र, कार्यसम्पादन, अवधी र सशस्त्र प्रहरीप्रतिको जिम्मेवारी बखुवी बहन गरेको भन्दै डिएसपीमा बढुवा गरिएको हो ।
विहिबार गरिएको ५६ जनाको बढुवा सूचिमा क्रम सँख्या ५१ मा शम्भु कटुवालको नाम समेत समावेश गरिएको छ । ईन्सपेक्टरबाट बढुवा भएर डिएसपी भएपछि उनलाई समाजिक सँजाल, एसएमएस, फोन मार्फत उनका आफन्त, ईष्टमित्र, शुभचिन्तकहरुले बधाई दिएका छन् ।
ज्ञातव्य छ, धनुषा जिल्लाको जोमिखपूर्ण क्षेत्र मानिने ईनरवा बिओपीका कुशल ईन्चार्जको रुपमा चिनिँदै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…