तार जोडने क्रममा करेन्ट लागेर मलाहको अवस्था गम्भिर
करेन्ट लागेपछि उनलाई तत्कालै सप्तरीको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिँह अस्पतालमा उपचारको लागि पठाएको हो । उनको घरमा खवर गरिदिनको लागि समाजिक सँजालमा आग्रह समेत गरिएको हो ।

२०७९ असार १३ सोमबार, दिउँसो १२:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । मधेश प्रदेशको सप्तरी जिल्लास्थित तार जोडने क्रममा करेन्ट लागेर एक जना पुरुष गम्भिर घाईते भएका छन् ।
सप्तरी जिल्लाको हर्दिया बस्ने भनिएको अन्दाजी बर्ष ४५ को दिलिप कुमार मुखिया (मलाह) लाई करेन्ट लाग्दा उनको अवस्था गम्भिर भएको हो ।
आज दिउँसो सप्तरीको मालेकपुरमा बिजुलीको तार जोडने क्रममा उनलाई करेन्ट लागेको हो । हर्दिया बस्ने बिन्देश्वर मलाहको ४५ बर्षिय छोरा दिलिपलाई करेन्ट लागेको स्थानीय धर्मनाथ यादवले जनाएका छन् ।
करेन्ट लागेपछि उनलाई तत्कालै सप्तरीको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिँह अस्पतालमा उपचारको लागि पठाएको हो । उनको घरमा खवर गरिदिनको लागि समाजिक सँजालमा आग्रह समेत गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…