धनुषामा ट्राफिकको प्रेसर, ३०० बढी प्रेसर हर्न नष्ट
धनश्याम मिश्र । || जनकपुरधाम, २६ चैत्त । केही दिनदेखि धनुषा ट्राफिक प्रहरी सक्रिय नभएको भन्दै जनगुनासो आएपछि ट्राफिक प्रहरी धनुषा पुनः सक्रियता बढाएको छ । सक्रियता बढाउँदै ट्राफिक प्रहरी कार्यालय धनुषाले जनकपुरको मुजेलियामा प्रेसर हर्न खोल्ने तथा नम्बर प्लेट नभएको सवारीमा नम्बर लेखाउने कार्यलाई तिव्

२०७४ चैत २६ सोमबार, दिउँसो ४:५१ बजे१ मिनेट पढाइ

धनश्याम मिश्र । ||
जनकपुरधाम, २६ चैत्त । केही दिनदेखि धनुषा ट्राफिक प्रहरी सक्रिय नभएको भन्दै जनगुनासो आएपछि ट्राफिक प्रहरी धनुषा पुनः सक्रियता बढाएको छ ।
सक्रियता बढाउँदै ट्राफिक प्रहरी कार्यालय धनुषाले जनकपुरको मुजेलियामा प्रेसर हर्न खोल्ने तथा नम्बर प्लेट नभएको सवारीमा नम्बर लेखाउने कार्यलाई तिव्रता दिएको छ ।

जनकपुर ढल्केवर सडकखण्डमा चल्ने ट्रक, ट्रिपर तथा बसमा प्रयोग गरिएको प्रेसर हर्न हटाउने अभियान जारी राख्दै आज पुनः ३ सय बढी प्रेसर हर्न खोलेर नष्ट गरिएको छ ।
प्रेसर हर्नका कारण ध्वनी प्रदुषणका साथै दुर्घटना बढेको भन्दै जनगुनासो सुनेपछि टफिक प्रमुख हरिनन्दन चौधरीले छडके गरेका छन् ।

सयौँ सवारी साधनबाट त्यतिको सँख्यामा प्रेसर हर्न खोलेर नष्ट पारिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख चौधरीले बताए ।
केही महिना अघि नै थालिएको प्रेसर हर्न हटाउने अभियानलाई निरन्तरता दिँदै प्रेसर हर्न खोली नष्ट गरिएको छ ।
यसका साथै, नम्बर नभएको अनटेष्ट सवारी साधनहरुमा नम्बर समेत लेखाइएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…