कर्मचारीको भेष धारण गरी सवा लाख रुपैयाँ घुस लिने नापी कार्यालयबाट एक दलाल पक्राउ
निजामति कर्मचारीको पोशाक लगाएर नापी कार्यालयमा कार्यरत रहेको बताउँदै पाण्डेले सेवाग्राहीसँग घुस लिदै आएका थिए ।

२०७९ असार ७ मंगलबार, राति ९:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । मधेश प्रदेशको पर्सा जिल्लास्थितबाट एक दलाल (बिचौलिया) लाई प्रहरीले पक्राउ गरेको छ । नापी कार्यालय पर्साबाट बिचौलियालाई घुस रकमसहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १३ का ६० वर्षिय दिनेश पाण्डे भनिने उमा पाण्डे रहेका छन् । एक सेवाग्राहीसंग घुस लिएको १ लाख २५ हजार रुपैयाँ सहित पाण्डे पक्राउ परेका हुन् ।
गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरिक्षक विशाल मल्लको नेतृत्वममा खटिएको प्रहरी टोलीले वीरगन्जको आदर्शनगरस्थित एभरेष्ट बैंक भित्रबाट पाण्डेलाई रंगेहात पक्राउ गरेको बताइएको छ ।
निजामति कर्मचारीको पोशाक लगाएर नापी कार्यालयमा कार्यरत रहेको बताउँदै पाण्डेले सेवाग्राहीसँग घुस लिदै आएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…