भोलीदेखि आन्तरिक उडान बन्द
नागरिक उड्डयन प्राधिकरणले हड्तालमा गए कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार नै आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक प्रदीप अधिकारीले भने, ‘यो सेवा हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने नभुल्नू ।’ तर मंगलबार साँझसम्म यो विवाद

२०७९ असार ७ मंगलबार, राति ९:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । विमानहरुको रात्रिकालीन पार्किङ विवादले भोलि बुधबारदेखि आन्तरिक उडान अवरुद्ध हुने भएको छ ।
नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि उद्धार र आपतकालीनसहित सबै प्रकारका उडान रोक्ने घोषणा गरेको हो । यसले हजारौं हवाई यात्रु प्रभावित हुने भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षालाई थप सुदृढीकरण गर्ने भन्दै असार ७ गतेदेखि आन्तरिक उडान गर्ने हेलिकप्टर र विमानलाई उडान अनुमतिपत्रले तोकेको विमानस्थलमै राख्नुपर्ने गरी सर्कुलन जारी गरेको थियो ।
दुई दिनको समय दिएर धेरै वायुयानलाई उपत्यका बाहिर रात्री विसान गर्न जानुपर्ने व्यवस्था गरेपछि वायुसेवा सञ्चालकहरु आन्दोलित भएका हुन् ।
नागरिक उड्डयन प्राधिकरणले दमनकारी नीति लिएकाकाले विरोध गर्नु आफूहरुको बाध्यता भएको संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापा बताउँछन् । ‘हामी ३९÷४० अर्बको पोर्टफोलियो भएका वायुसेवा कम्पनी हौं, राज्यलाई करोडौं कर तिर्छौं । तर प्राधिकरणले दमनकारी नीति ल्यायो, हामीलाई ट्रक व्यवसायी जस्तै व्यवहार गर्यो,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
नागरिक उड्डयन प्राधिकरणले हड्तालमा गए कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार नै आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक प्रदीप अधिकारीले भने, ‘यो सेवा हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने नभुल्नू ।’
तर मंगलबार साँझसम्म यो विवाद सल्टिएको छैन । वायुसेवा कम्पनीहरुले यसअघि विक्री गरेका टिकटहरु रद्द गरिएको सूचना निकालेको छ भने नयाँ बुकिङ पनि लिएको छैन ।
सरकारी तथ्यांकअनुसार आन्तरिकतर्फ दैनिक १५ हजारसम्म यात्रुको यात्रा गर्ने गरेका छन् ।
भोलि बुधबारदेखि उडान बन्द हुँदा वैदेशिक रोजगारीमा जानेदेखि उपचारका लागि आपतकालीन अवस्थामा यात्रा गर्नुपर्ने यात्रुसम्म मारमा पर्ने भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…