जनकपुरमा ई रिक्सा भाडा र ट्रिपर स्पीड नियन्त्रण छ : ट्राफिक प्रमुख चौधरी
न्यूज ब्यूरो || जनकपुरधाम, २६ चैत्त । जिल्ला ट्राफिक कार्यालय धनुषाका प्रमुख एवम् प्रहरी नीरिक्षक हरिनन्दन चौधरीले ट्राफिले लगाएको नियम लागु भएको दाबी गरेका छन् । न्यूज ब्यूरोसँग कुरा गर्दै प्रमुख चौधरीले ई रिक्साको लागि कायम गरिएको भाडा दरको बोर्ड ठाउँ ठाउँमा नभएकोले केही मात्र समस्या देखिएपनि नियम

२०७४ चैत २६ सोमबार, दिउँसो १२:१७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २६ चैत्त । जिल्ला ट्राफिक कार्यालय धनुषाका प्रमुख एवम् प्रहरी नीरिक्षक हरिनन्दन चौधरीले ट्राफिले लगाएको नियम लागु भएको दाबी गरेका छन् ।
न्यूज ब्यूरोसँग कुरा गर्दै प्रमुख चौधरीले ई रिक्साको लागि कायम गरिएको भाडा दरको बोर्ड ठाउँ ठाउँमा नभएकोले केही मात्र समस्या देखिएपनि नियम भने लागू भएको बताए ।
समाजिक सञ्जालहरुमा धनुषा ट्राफिकले केही दिन अगाडी लगाएको ट्रिपर टाईम कार्ड समेत लागु नभएको तथा मनमौजी रुपमा ट्रिपर चालकहरुले सवारी कुदाएको आरोप लागिरहेका बेला प्रमुख चौधरीले यस्तो दाबी गरेका हुन् ।
"ई- रिक्सामा कायम गरिएको नयाँ भाडा दर रेट भन्दा बढी लिएको छ भने सिधै ट्राफिकलाई गुनासो गर्न सकिने व्यवस्था छ । गुनासोको आधारमा हामी कारवाही गर्छौ, तर अहिलेसम्म त्यस्तो कुनै गुनासो नआएकोले नयाँ दर रेट लागु भएको हो भन्ने बुझ्न सकिन्छ । हामीले भनेका छौँ गुनासो लिएर आउनुस, कोही दुव्र्यव्यहार गर्छ वा बढी भाडा लिन्छ भने गुनासो गर्नुस , तर आएको छैन अहिलेसम्म एउटा पनि गुनासो ।" उनले न्यूज ब्यूरोसँग भने ।

ट्राफिक प्रहरीको डयुटिसम्म एउटा नै ट्रिपर समयभन्दा पहिले नआएको भन्दै समयभन्दा ढिलो आएको देख्न सकिने बताएका छन् ।
उनले भने, अब धेरै रातीसम्म त ट्राफिकको डयुटी हुँदैन, बरु त्यो समयमा कोही तीव्र गतिमा कुदाउँछ भने त्यो बेग्लै कुरा हो । तर टाईम कार्ड लागु भएको छ पूर्णतः यसमा कुनै शंका छैन । अब जनकपुमा ई रिक्साको नयाँ भाडा दर पनि लागु भएकै हो, ठाउँ ठाउँमा भाडा दर बोर्ड राखेपछि समस्याको पूर्णत निराकरण हुनेछ ।
यता, जनकपुरदेखि हुलाकी सडकमा सघारासम्म चल्ने बस सेवामा चर्को भाडा असुलिरहेको गुनासो भएपनि ट्राफिकले चासो लिएका छैनन् ।
१७ किलो मिटरको दुरीमा मात्र ८० देखि १०० रुपैयाँसम्म भाडा लिने गरेको गुनासो यात्रुहरुले गरेका छन् भने बसको छतमा समेत यात्रु बसाएर दिनहुँ लैजाने गरेको देखिएको छ ।
छतको यात्रा जीवनको खतरा भन्ने नारालाई निरुत्साहित गर्दै बस सँचालकहरुले जबरदस्ती यात्रु कोचेर लैजाने गरेको छ । विभिन्न समय बस दुर्घटनामा परेको देखिएको छ ।
यसप्रति धनुषा ट्राफिकले समयमै चासो लिनु आवश्यक छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…