मधेशी र थारुमाथि सरकारले अझै विभेद गरेको छः नेता अरगरिया
मधेश थरुहट आन्दोलनको बेला सरकारले बनाएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नको लागि सदनमा पटक–पटक आवाज उठाएपनि सरकारले यसतर्फ ध्यान नदिएको पूर्व मन्त्री रहेका उनले बताए ।

२०७९ असार ३ शुक्रबार, राति ८:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का सांसद उमाशंकर अरगरियाले वर्तमान सरकार अझै पनि मधेशी र थारुमाथि विभेद गरेको बताएका छन् ।
लाल आयोगको प्रतिवदेन सार्वजनिक गर्न माग गर्दै नेता अरगरियाले प्रतिनिधीसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा बोल्दै सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर मधेशी र थारु माथि विभेद गरेको बताए ।
मधेश थरुहट आन्दोलनको बेला सरकारले बनाएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नको लागि सदनमा पटक–पटक आवाज उठाएपनि सरकारले यसतर्फ ध्यान नदिएको पूर्व मन्त्री रहेका उनले बताए ।
यसबारे सभामुखले पनि पटक–पटक रुलिङ गर्दा समेत सरकारले सार्वजनिक नगर्नु मधेशी र थारुमाथिको ठूलो विभेद भएको बताए ।
उनले आफूलाई मधेशीको मसिया भन्ने पार्टीहरू पनि सरकारमा हुँदा समेत प्रतिवदेन नहुनु बिडम्बना भएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…