सँजय साह बने जनमत पार्टीका धनुषा जिल्ला ईन्चार्ज
पार्टीप्रति उनको उदारिता र लगनशिलताको आधारमा पनि मूल्याँकनको हिसाबले जिल्ला ईन्चार्ज बनाइएको हो ।

२०७९ असार २ बिहीबार, राति ८:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टी जिल्ला कार्य समिति धनुषाको ईन्चार्जमा सँजय साह चयन भएका छन् ।
जनमत पार्टीको केन्द्रीय कार्यालयले साहलाई धनुषा जिल्लाको लागि ईन्चार्जको रुपमा चयन गरी पठाएको हो । विहिबार उनलाई चयन गरिएको हो ।
किसान आन्दोलनमा उनको भूमिकालाई मध्यनजर गरी जनमत पार्टीले उनको कार्य सम्पादनको आधारमा जिल्ला ईन्चार्जमा नियुक्त गरेको बताईएको छ ।
पार्टीप्रति उनको उदारिता र लगनशिलताको आधारमा पनि मूल्याँकनको हिसाबले जिल्ला ईन्चार्ज बनाइएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…