सिरहाको नरहा ३ मा पोखरीमा डुबेर एक बालिकाको मृत्यु
न्यूज ब्यूरो, सिरहा | सिरहा जिल्ला स्थित नरहा गाउँपालिका वडा नं ३ मा पोखरीमा डुबेर बुधबार एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार नरहा गाउँपालिका–३ खोरीयाका मोहम्मद अकबर मियाँकी छोरी ११ वर्षीया गुडिया खातुनको बुधबार अपरान्ह पोखरीमा डुबेर मृत्यु भएको हो साथीहरुसँग बाख्रा चरा
२०७९ असार २ बिहीबार, बिहान ७:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा | सिरहा जिल्ला स्थित नरहा गाउँपालिका वडा नं ३ मा पोखरीमा डुबेर बुधबार एक बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार नरहा गाउँपालिका–३ खोरीयाका मोहम्मद अकबर मियाँकी छोरी ११ वर्षीया गुडिया खातुनको बुधबार अपरान्ह पोखरीमा डुबेर मृत्यु भएको हो
साथीहरुसँग बाख्रा चराउन गएका बेला गाउँ नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेको वडाध्यक्ष मोहम्मद रुस्तम अन्सारीले जानकारी दिए ।
बच्चा डुबेको खबर पाउनासाथ गाउँबाट गएका युवाहरुले निकालेर धनगढीमाईस्थित आरके मेडिसीटी अस्पताल पुर्याएपनि अस्पतालले मृत घोषणा गरेको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
आनन्द कनिष्क
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…