विकासको अनुभूति दिँदै कान्छो मेयर, प्रसुति गृह शिलान्यास
न्यूज ब्यूरो || जनकपुरधाम, २५ चैत्त । प्रदेशमै विकासको मामिलामा अग्र रहेको धनुषाको शहिदनगर नगरपालिकामा आज प्रसुति गृहको शिलान्यास गरिएको छ । कान्छो मेयर उदय कुमार बरबरिया यादवले एक कार्यक्रमबीच नगरपालिकाको वडा नं. २ चोराकयलपुरमा प्रसुति गृहको शिलान्यास गरेका छन् । यस्तै नगरपालिकाकै वडा नं. गोठ कोयलप

२०७४ चैत २५ आइतबार, राति ११:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २५ चैत्त । प्रदेशमै विकासको मामिलामा अग्र रहेको धनुषाको शहिदनगर नगरपालिकामा आज प्रसुति गृहको शिलान्यास गरिएको छ ।
कान्छो मेयर उदय कुमार बरबरिया यादवले एक कार्यक्रमबीच नगरपालिकाको वडा नं. २ चोराकयलपुरमा प्रसुति गृहको शिलान्यास गरेका छन् ।
यस्तै नगरपालिकाकै वडा नं. गोठ कोयलपुर टोलमा रहेको नखु पोखरीमा घाट निर्माणको लागि कार्यक्रम शुभारम्भ गरिएको छ ।

दुवै ठाउँमा शिघ्र काम सुरुवात गर्ने प्रतिवद्धता सहित बरबरियाले शिलान्यास गर्दै आवश्यक परेको ठाउँमा आवश्यक विकास र निर्माणका कार्यक्रमहरु बारे खाँचो प्रकट गर्न जनसुमदायमा आग्रह समेत गरे ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य श्रवण कुमार बरबरिया यादव (बिग बी - बडा बरबरिया), नगरकी उपमेयर सिला देवी कापर , वडा अध्यक्ष जैसिलाल भिनवार ,रामरतन पासवान, कनैहिया मुखिया, लगायत स्थानीय नगरवासीको सहभागीता रहेको थियोे ।

धनुषा जिल्लामै शहिदनगर नगरपालिका विकास निर्माणको कार्यक्रमहरु धमाधम गरिरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…