जसपा र राजपा लोकतान्त्रिबीच एकिकरण
अध्यक्ष उपेन्द्र यादवले मधेश केन्द्रित पार्टीहरू एकजुट भएर एकढिक्का हुनु आवश्यकता रहेको बताए । उनले मधेशको मुद्दा र जनताको चाहना अनुसार एकताको विकल्प नभएको समेत बताए ।

२०७९ जेठ २९ आइतबार, राति ८:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनता पार्टी लोकतान्त्रिकबीच एकीकरण भएको छ ।
रितेश सिंहको नेतृत्वको राजपा लोकतान्त्रिक पार्टी आइतबार जनकपुरधाममा आयोजित एकीकरण कार्यक्रमकाबीच जसपा नेपालमा विलय भएको हो ।
अध्यक्ष उपेन्द्र यादवले मधेश केन्द्रित पार्टीहरू एकजुट भएर एकढिक्का हुनु आवश्यकता रहेको बताए । उनले मधेशको मुद्दा र जनताको चाहना अनुसार एकताको विकल्प नभएको समेत बताए ।
एकीकरण कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगायत नेता तथा कार्यकर्ता उपस्थित रहेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…