जनकपुरधाममा एकिकृत बाल क्लबको प्रदर्शन, बाल श्रम अन्त्य गर्न माग
कार्यक्रममा ओरेक नेपालका जिल्ला संयोजक रोजलिन सिंह बच्छार, अधिकारकर्मी जमुना भुजेल, सेभ द चिल्ड्रेनका प्रतिनिधि अभिलेष कर्ण, कायापलटका संयोजक दिवाकर उप्रेती, युवा अभियान्ता कैयुम राईन, महिला अधिकारकर्मी सुभद्रा आले, युवा अभियन्ता रिषभ साहि, सुभम झा, इन्सेक प्रतिनिधि बरुण बस्याल, एकिकृत बाल क्लबकी अध्यक्ष श्रुति तिवारी, बाल क्लबकी सचिव हिमानी मिश्रा सहित ६० जना बढीको उपस्थिति रहेको थियो ।

२०७९ जेठ २९ आइतबार, बेलुकी ७:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एकिकृत बाल क्लब जनकपुरधामले विश्व बाल श्रम बिरुद्धको दिवस मनाएको छ । बाल क्लबले उपमहानगरपालिकामा बढ्दै गएको बाल श्रममा रोक लगाउन माग गरेको हो ।
'बाल श्रम अन्त्य गरौँ, बाल अधिकारको सुनिश्चितता गरौँ, यो कलिलो हात : मजदुरी गर्न होईन सरकार, कलमको डोभले भविष्य बनाउन हो' जस्ता नाराहरूको साथमा जनकपुरधामको जनक चौकमा प्रदर्शन गरेका हुन् । एकिकृत बाल क्लबको आयोजनामा तथा कायापलट र ओरेक नेपालको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा वक्ता रहेका चन्दन कौशिकले बालबालिका आफ्नो र आफू जस्ताको अधिकारबारे सचेत देखेको मा खुसि व्यक्त गरेका थिए । उनले भने, ' सरोकारवाला निकायलाई थप जागरुक बनाउन भाई बहिनीको उत्साहलाई सकारात्मक बनाउन पर्छ ।' त्यस्तै बाल श्रम अन्त्य गर्न सरोकारवालालाई निरन्तर घचघचाउन तथा जवाफदेही बनाउन पहल कदम चलाउन पर्ने अन्य वक्ताले बताए ।
कार्यक्रममा कायापलटका संयोजक दिवाकर उप्रेतीले सरकार थप संवेदनशील बन्न पर्ने बताए । जनकपुरधामको सन्दर्भमा उनले बढ्दै गएको बाल श्रमको तथ्याङ्क नरहेको र सरकार र अन्य संस्थाको तथ्याङ्क फरक रहेको बताए । उनको कुरामा जोड्दै इन्सेक प्रतिनिधि बरुण बस्यालले सरकार संवेदनशील बन्दै, बाल रोजगारीको सट्टा वयस्क राख्न पर्ने बताए ।
कार्यक्रममा ओरेक नेपालका जिल्ला संयोजक रोजलिन सिंह बच्छार, अधिकारकर्मी जमुना भुजेल, सेभ द चिल्ड्रेनका प्रतिनिधि अभिलेष कर्ण, कायापलटका संयोजक दिवाकर उप्रेती, युवा अभियान्ता कैयुम राईन, महिला अधिकारकर्मी सुभद्रा आले, युवा अभियन्ता रिषभ साहि, सुभम झा, इन्सेक प्रतिनिधि बरुण बस्याल, एकिकृत बाल क्लबकी अध्यक्ष श्रुति तिवारी, बाल क्लबकी सचिव हिमानी मिश्रा सहित ६० जना बढीको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…