६४ हजार बिजुलीको भोल्ट भएको तारमा चढेको व्यक्तिको ९ घण्टापछि हेलिकप्टरबाट उद्धार
यसअघि ककनी प्रहरी र स्थानीयले उनलाई अनेक फकाई फुलाई गर्दा पनि उनी विजुलीको तार समातेर मात्र हिँडिरहेका थिए । तल ओराल्न सकिएको थिएन ।

२०७९ जेठ २८ शनिबार, बेलुकी ६:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो । नुवाकोटको विद्युत प्रशारण लाइनको तारको लठारो समाएर शनिबार बिहान ९ बजेदेखि हिँडिरहेका पुरुषको उद्धार गरिएको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ घले गाउँका माइला विकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।
परिवारमा झगडा परेपछि उनी ६४ हजार विजुलीको भोल्टेज भएको तारको लठारो समात्दै हिँडिरहेका थिए । उनको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ ।
यसअघि ककनी प्रहरी र स्थानीयले उनलाई अनेक फकाई फुलाई गर्दा पनि उनी विजुलीको तार समातेर मात्र हिँडिरहेका थिए । तल ओराल्न सकिएको थिएन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…