धनुषाको कमला नगरपालिकामा तीनदिने आँखा शिविर हुँने, आँखाको विरामीलाई निःशुल्क अवसर
स्वास्थ्य शिविरको क्रममा निःशुल्क औषधी समेत वितरण गरिने जनाइएको छ ।

२०७९ जेठ २७ शुक्रबार, दिउँसो १२:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा प्रथम पटक आँखा शिवर हुने भएको छ । नगरपालिकाको कार्यालयले निःशुल्क आँखा शिविरको आयोजना गरिने भएको हो ।
कमला नगरपालिकाको आयोजना तथा ढल्केवरस्थित रहेको रेयूकाई एई मासुनागाको समन्वयमा यही जेठ २९ गतेदेखि ३१ गतेसम्म निःशुल्क शिविर हुने भएको छ ।
शिविर कमला नगरपालिकाको वडा नम्बर २ माचि झिटकैया स्वास्थ्यचौकी (हेल्पपोष्ट), स्वास्थ्यचौकी दुबरकोट हथलेटवा र स्वास्थ्यचौकी लक्कडमा हुने भएको छ ।

जेठ २९ गते आईतबार विहान ९ः३० बजेदेखि दिउँसो ४ः०० बजेसम्म माचि झिटकैया स्वास्थ्यचोकीमा, जेठ ३० गते सोमबार लक्कड स्वास्थ्यचौकीमा र जेठ ३१ गते मँगलबार दुबरकोट हथलेटवा स्वास्थयचौकीमा शिविर सँचालन हुने स्वास्थ्य शाखा सँयोजक रामकुमार ठाकुरले जानकारी दिए ।
नगरभित्रका आँखाका रोगी विरामीहरुले निःशुल्क रुपमा आँखाको चेकजाँच गरिने ठाकुरले बताए । मोतियाबिन्दुको समेत अप्रेशन हुने र अप्रेशनको खर्च नगरपालिकाले बेहोर्ने सूचनामा उल्लेख छ ।
स्वास्थ्य शिविरको क्रममा निःशुल्क औषधी समेत वितरण गरिने जनाइएको छ । यस शिविरबाट सयौँ जना लाभान्वित हुने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…