वडाध्यक्षकै मोटरसाईकल चोरी
यसअघि सोही ठाउँबाट शहरी स्वास्थ्य क्लिनिकका इन्चार्ज संतोश दासको मोटरसाइकल चोरी भएको थियो ।

२०७९ जेठ २७ शुक्रबार, बिहान ७:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । सप्तरी सदरमुकाम राजविराजमा मोटरसाइकल चोरीको बिगबिगी बढेको छ ।
पछिल्लो पटक बुधवार दिउँसै राजविराज नगरपालिका–७ का वडा अध्यक्ष सुभाषचन्द्र यादवको स ५ प ४३५६ नम्वरको मोटरसाइकल चोरी भएको छ ।
वडा कार्यालय अगाडीमा पार्किङ गरेर राखिएको अवस्थामा मोटरसाइकल चोरी भएको वडा अध्यक्ष यादवले बताए ।
‘बजारमै रहेको कार्यालय अगाडी पार्किङ गरेर कार्यालयभित्र नियमित कामकाज सकाएर पौने ५ बजेतिर निस्किदा मोटरसाइकल थिएन’ उनले भने–‘मोटरसाइकल चोरी भइसकेपछि प्रहरीमा पनि निवेदन दिएको छु । अहिलेसम्म मोटरसाइकलको अतोपत्तो पाएको छैन ।’
यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले मोटरसाइकल खोजी कार्य जारी रहेको बताए ।
यसअघि सोही ठाउँबाट शहरी स्वास्थ्य क्लिनिकका इन्चार्ज संतोश दासको मोटरसाइकल चोरी भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…