आजदेखि बालबालिकाहरुलाई कोरोना विरुद्धको बुस्टर डोज दिइने
पूर्ण मात्रा खोप लगाएका यस उमेर समूहका बालबालिकालाई बुस्टर डोज मोडर्ना तथा फाइजर जुन लगाएपनि हुने मन्त्रालयले जनाएको छ ।

२०७९ जेठ २७ शुक्रबार, बिहान ७:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाभाइरस (कोभिड) विरुद्धको बुस्टर डोज दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अर्थात् आजदेखि सो उमेर समूहका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको दिने जनाएको हो ।
पूर्ण मात्रा खोप लगाएका यस उमेर समूहका बालबालिकालाई बुस्टर डोज मोडर्ना तथा फाइजर जुन लगाएपनि हुने मन्त्रालयले जनाएको छ ।
मोर्डना खोप बुस्टर लगाउँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ भने फाइजर खोप ०.३ एमएल दिनुपर्ने हुन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…