सलमान खानलाई जमानत, सजाय सस्पेन्ड , गुँजियो "बरजरँगी भाईजान"
न्यूज ब्यूरो || जनकपुरधाम । कालो हरिण शिकार काण्डमा दोषी करार दिइएका बलिवुड अभिनेता सुपर स्टार सलमान खानलाई आज जमानत मिलेको छ । सलमान खानलाई अदालतबाट ५० हजार रुपैयाँको मुचुल्कामा जमान गरिएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । यसका साथै सलमान खानको सजायलाई सस्पेन्ड समेत गरिदिएको हो । स्रोतका अनुसार,

२०७४ चैत २४ शनिबार, दिउँसो ४:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम । कालो हरिण शिकार काण्डमा दोषी करार दिइएका बलिवुड अभिनेता सुपर स्टार सलमान खानलाई आज जमानत मिलेको छ ।
सलमान खानलाई अदालतबाट ५० हजार रुपैयाँको मुचुल्कामा जमान गरिएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ ।
यसका साथै सलमान खानको सजायलाई सस्पेन्ड समेत गरिदिएको हो ।
स्रोतका अनुसार, सलमानको रिहाईको लागि उनको रिहाई कागजको काम पुरा भईसकेको छ तथा केही बेरमै सलमान खान बाहिर निस्कदै छ ।
जहाँ सलमानलाई जमानत मिलेको छ त्यही यो पनि सुन्नमा आएको छ की स्थानीय विश्रोई समाज कोर्टमा एक पटक फेरी पनि अपिल गरिने छ ।
कोर्टले भनेका छन कि, सलमान खानलाई ७ मई अर्थात एक महिनापछि अदालत पुग्नुपर्नेछ । साथै, उनलाई आफ्नो देशभन्दा बाहिर जाँदा अदालतबाट सिफारिस र ईजाजत लिएर मात्र जान पाउने छन् ।
सलमानको वकिल महेश बोडाले बेल ग्रान्टेड भनेको भनेर सँचारमाध्यमहरुमा प्रतिक्रिया दिइएको छ ।
जानकारी अनुसार, सेशँस कोर्टबाट जमानतको आदेश पहिले ट्रायल कोर्टमा पुग्नेछ । त्यसपछि ट्रायल कोर्ट सलमानको रिहाईको आदेश सेन्ट्रल जेल पठाउनेछन् ।
त्यसपछि सलमान मात्र जेलबाट रिहा हुन सक्ने प्रावधान रहेको छ ।
यो पुरै पक्रियाको लागि आज साँझसम्म लाग्ने छ भने त्यसपछि मात्र सलमान खान आज साँझसम्म रिहा हुने जनाइएको छ ।
सलमान खानलाई जमानत भएपछि सलमानका फ्यानहरुले एकातर्फ खुसीयाली मनाईरहेका छन् । भने खुसी बाँडनको लागि सलमानको घर बाहिर उनका फ्यानहरु पुगेर बजरँगी भाईजान बजरँगी भाईजान को नारा लगाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…