गौरको मेयर शम्भु साह फुल एक्सनमा ,अस्पताल र विद्यालयमा छड्के अनुगमन !
मेयर शम्भु साहले गौर अस्पतालमा तत्काल सेवा सुविधा सुदृढ गर्न, सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिएको बताएका छन् ।

२०७९ जेठ २० शुक्रबार, दिउँसो २:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट। रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहले गौर प्रादेशिक अस्पतालको छड्के चेकजाँच र अनुगमन गरेका छन् । अस्पतालको कर्मचारी र सेवा प्रवाह बारे व्यापक जनगुनासो आएपछि मेयर साहले शुक्रबार एक्कासि अनुगमन गरेको हो।
अनुगमनको क्रममा अस्पतालमा सरसफाइमा कमी देखिएको, स्टोर इमर्जेन्सी इन्चार्ज र चिकित्सकहरूको सेवा प्रवाहमा निकै कमीकमजोरी र लापरबाहीका पाइएको मेयर शम्भु साहले बताए । चिकित्सकको लापरबाहीका कारण बिहीबार राती एक सेवा ग्राहीलाई म्याद नाघेको स्लाइन प्रयोग भएको लगायत अन्य चिकित्सा उपकरणको कमी पाइएपछि दु:खद व्यक्त गर्दै सो बारेमा मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्णा शाह लगायत सँग कारण सोधेको र यथासिघ्र आवश्यक कारवाही हुने मेयर साहले बताए।
मेयर शम्भु साहले गौर अस्पतालमा तत्काल सेवा सुविधा सुदृढ गर्न, सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिएको बताएका छन् ।
सर्वसाधारणको सहजताका लागि छिटै गौर नगरपालिकाद्वारा सो अस्पतालमा गौर नगरपालिकाको सहायता कक्ष स्थापना गरी सेवाग्राहीले पाउने सेवालाई थप प्रभावकारी बनाउने मेयर साहले प्रतिबद्धता समेत जनाएका छन्।

अस्पताल मात्रै होइन नेकपा एकीकृत समाजवादी बाट निर्वाचित भए लगतै मेयर शम्भु साहले नगरको शिक्षा सुधारका लागि विद्यालय निरीक्षण तथा सरसफाइ क्षेत्रको सुधारको लागि सरसफाइ कर्मचारी लगायत ब्यापक जनशक्ति परिचालन गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…