जहाज दुर्घटनाका मृतक परिवारलाई प्रदेश र संघीय सरकारले क्षतिपूर्ति दिनुपर्छः नेता यादव
सो क्रममा ४२ वर्षीय राजनकुमार गोले, राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ्ग, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ्ग, मामा मकरबहादुर तामाङ्ग र माइजू सुकुमाया तामाङ्गको मृत्यू भएको खवरपछि पीडितको घर पुगेका साँसद यादवले क्षतिपूर्तिको लागि प्रदेश सरकार र केन्द्र सरकारलाई सिफारिस गर्ने बताए ।

२०७९ जेठ १६ सोमबार, बेलुकी ६:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका केन्द्रीय नेता महेन्द्र यादवले जहाज दुर्घटनामा ज्यान गुमाएका धनुषाका गोले परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का नेपाली काँग्रेसका पूर्व साँसद एवम् सहमहामन्त्री समेत रहेका नेता यादवले जहाज दुर्घटनामा अकालमै ज्यान गुमाएका गोले परिवारलाई प्रदेश सरकारसहित संघीय सरकारले समेत क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
आईतबार तारा एयरबाट जोमसोम जाँदै गएको विमान दुर्घटना हुँदा धनुषाको मिथिला नगरपालिकाको लोटा बासिन्दा एकै परिवारको सात जनाको मृत्यू भएपछि नेता यादवले पीडित परिवारलाई दुवै तहको सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन् ।
आईतबार बिहान मुस्ताङको मानापाथी हिमालको फेदी स्थित थासाङ गाउँपालिका–२ न्याउरिकोटको ल्याङके खोलाको मुहान क्षेत्रमा भएको तारा एयरको विमान दुर्घटनामा एकै परिवारका सात जना रहेको पुष्टि भएपछि सिँगो गाउँ नै शोकमा डुबेको बेला नेता यादवले क्षतिपूर्तिको माग गरेका हुन् ।
सो क्रममा ४२ वर्षीय राजनकुमार गोले, राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ्ग, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ्ग, मामा मकरबहादुर तामाङ्ग र माइजू सुकुमाया तामाङ्गको मृत्यू भएको खवरपछि साँसद यादवले क्षतिपूर्तिको लागि प्रदेश सरकार र केन्द्र सरकारलाई सिफारिस गर्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…