विमान दुर्घटनाः धनुषाका एकै परिवारको ७ जना, गाउँ डुब्यो शोकमा !
उहाँहरुमध्ये ४२ वर्षीय राजनकुमार गोले, राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ्ग, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ्ग, मामा मकरबहादुर तामाङ्ग र माइजू सुकुमाया तामाङ्ग रहनु भएको छ ।

२०७९ जेठ १६ सोमबार, बिहान ९:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आईतबार बिहान भएको तारा एयरको विमान दुर्घटनाको क्रममा सोही विमान एकै परिवारको ७ जना रहेको खवरपछि गाउँ नै शोकमा डुबेको छ ।
मुस्ताङको मानापाथी हिमालको फेदी स्थित थासाङ गाउँपालिका–२ न्याउरिकोटको ल्याङके खोलाको मुहान क्षेत्रमा भएको तारा एयरको विमान दुर्घटनामा एकै परिवारका सात जना रहेको पुष्टि भएपछि सिँगो गाउँ नै शोकमा डुबेको हो ।
धनुषाबाट मुक्तिनाथ दर्शनका लागि हिडेका एकै परिवारका सात जना परेपछि धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँ शोकमा डुबेको छ । बिमान दुर्घटनामा १३ जना नेपाली मध्ये सात जना एकै परिवारको रहेको हो ।
उहाँहरुमध्ये ४२ वर्षीय राजनकुमार गोले, राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ्ग, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ्ग, मामा मकरबहादुर तामाङ्ग र माइजू सुकुमाया तामाङ्ग रहनु भएको छ ।
एकै परिवारका उहाँहरु एउटै टोलमा बस्ने सात जना दुर्घटनामा परेसँगै गाउँवासीमा रुवावासी चलेको छ । गोरखापत्रअनलाइनमा विजयसिँहले समाचार लेखेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…