इन्टरनेटको शुल्क घटाइने, सञ्चार तथा सूचना प्रविधिका लागि ८ अर्ब ५९ करोड बजेट
न्यूज ब्यूरो, काठमाडौं : सरकारले सञ्चार तथा सूचना प्रविधिका लागि ८ अर्ब ५९ करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् अर्थमन्त्री जनार्दन शर्माले उक्त रकम विनियोजन गरेको जानकारी दिए। उनले देशभरि सूचना तथा सञ्चारको विस्तार गर्न इन्टरनेट शुल्क घटाउने जानकारी दिए। त्यस्तै सरकारी क

२०७९ जेठ १५ आइतबार, बेलुकी ६:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं : सरकारले सञ्चार तथा सूचना प्रविधिका लागि ८ अर्ब ५९ करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् अर्थमन्त्री जनार्दन शर्माले उक्त रकम विनियोजन गरेको जानकारी दिए।
उनले देशभरि सूचना तथा सञ्चारको विस्तार गर्न इन्टरनेट शुल्क घटाउने जानकारी दिए। त्यस्तै सरकारी कार्यालयहरुलाई डिजिटल कार्यालयको रुपमा रुपान्तरण गर्ने समेत बताए।
त्यस्तै गीत संगीतमा लागेका सर्जकहरुको उत्थान र फिल्म सिटी निर्माण लागि समेत बजेट विनियोजन गरेको अर्थमन्त्री शर्माले जानकारी दिए।
उनले इन्टरनेट एक्सचेन्ज कार्यक्रममार्फत् सूचना प्रविधिको विकास गरिने जानकारी दिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…