'एक स्थानीय तह एक खेल मैदान' कार्यक्रमलाई निरन्तरता
न्यूज ब्यूरो, काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष पनि 'एक स्थानीय तह एक खेल मैदान' कार्यक्रमलाई निरन्तरता दिएको बताएको छ। आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले एक स्थानीय तह एक खेल मैदान कार्यक्रमलाई निरन्तरता दिने बताएका हुन्। अर्थमन्त्री शर्माले मुलपानीमा निर्माणा

२०७९ जेठ १५ आइतबार, बेलुकी ६:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष पनि 'एक स्थानीय तह एक खेल मैदान' कार्यक्रमलाई निरन्तरता दिएको बताएको छ।
आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले एक स्थानीय तह एक खेल मैदान कार्यक्रमलाई निरन्तरता दिने बताएका हुन्।
अर्थमन्त्री शर्माले मुलपानीमा निर्माणाधिन क्रिकेट स्टेडियम आगामी वर्ष सम्पन्न हुने समेत जानकारी दिएका छन्।
त्यस्तै, किर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा रात्रीकालीन खेल खेल्न सकिने गरी स्तरोन्नति गर्न बजेट विनियोज गरेको छ। प्रदेश र स्थानीय तहको सहकार्यमा चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट स्टेडियमको अधुरो निर्माण कार्य पूरा गर्न व्यवस्था गरिएको छ।
त्यस्तै, नवौं राष्ट्रिय खेलकुद आयोजना निर्माण र र दशौं राष्ट्रिय खेलकुद आयोजनाको पूर्वाधार निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको बताएका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…