सरकारी स्कूलको सुधार मेरो पहिलो प्राथमिकताः वडाध्यक्ष यादव
दिवाखाजामा सुधार, विद्यालय भवनको मर्मत सम्भार, विद्यालयमा पढाउने शिक्षकमाथि कडा निगरानी, डिजिटल हाजिरी, निरन्तर अनुगमन गरी विद्यालयको अवस्था सुधार गर्ने बताएका छन् ।

२०७९ जेठ १४ शनिबार, बिहान ११:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिका वडा नम्बर ४ का नवनिर्वाचित वडाध्यक्ष पप्पु यादवले वडाको शिक्षा सुधार पहिलो प्राथमिकता रहेको बताएका छन् ।
शुक्रबार वडाध्यक्षको पदभार ग्रहण गर्दै वडाध्यक्ष यादवले वडामा देखिएको विद्यालयको अवस्था सुधारको लागि लामो प्रयास गरेपनि अधिकार नहुँदा सबलीकरण गर्न नसकेको भन्दै शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।
वडामा रहेको समुदायिक विद्यालयमा अल्पसँख्यक, सीमान्तकृत, गरिबको बालबालिकाहरुको उचीत र मोटो पहुँच बनाउनको लागि नयाँ योजना तहत काम गर्ने बताए ।
दिवाखाजामा सुधार, विद्यालय भवनको मर्मत सम्भार, विद्यालयमा पढाउने शिक्षकमाथि कडा निगरानी, डिजिटल हाजिरी, निरन्तर अनुगमन गरी विद्यालयको अवस्था सुधार गर्ने बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…