जनकपुरका वडाध्यक्ष साहलाई ५१ किलोको मालाले सम्मान
सो वडामा दोस्रो कार्यकाल दोहरयाएका वडाध्यक्ष साहले स्थानीयहरुको भावना अनुरुप त्यहाँस्थित रहेको ऐतिहासिक धरोहर देबान पोखरीलाई सौन्दर्यीकरण र सरसफाईको लागि प्राथमिकता दिएपछि उनलाई सम्मान गरिएको हो ।

२०७९ जेठ १२ बिहीबार, राति ८:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको एक वडाध्यक्षलाई स्थानीयहरुले ५१ किलोको माला लगाएर सम्मान गरेको छ ।
विहिबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दिपेन्द्र कुमार साहलाई स्थानीयहरुले ५१ किलोको माला लगाएर स्वागत एवम् सम्मान गरेको हो ।
जनकपुरधामको सो वडामा रहेको देबान पोखरी सौन्दर्यीकरणको लागि प्राथमिकता दिएपछि स्थानीयहरुले उनलाई बधाईसहित ५१ किलोको माला लगाएर स्वागत गरेको हो ।
सो वडामा दोस्रो कार्यकाल दोहरयाएका वडाध्यक्ष साहले स्थानीयहरुको भावना अनुरुप त्यहाँस्थित रहेको ऐतिहासिक धरोहर देबान पोखरीलाई सौन्दर्यीकरण र सरसफाईको लागि प्राथमिकता दिएपछि उनलाई सम्मान गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…