सिरहामा ट्राफिक प्रहरी र पत्रकारबीच कागजातको लफडा, ट्राफिकले खोसे पत्रकार यादवको मोबाईल
न्यूज ब्यूरो, सिरहा । सिरहामा एक ट्राफिक प्रहरी र पत्रकारबीच लफडा हुँदा पत्रकारको मोबाईल खोसिएको छ । नेपाल पत्रकार महासँघ सिरहा शाखाका सचिव समेत रहेका यादवलाई मँगलबार दिउँसो करिब ४ बजेको समयमा सिरहा नगरपालिका वडा नम्बर ७ स्थित चोकमै रहेको ट्राफिक बिटमा खटेका ट्राफिक प्रहरी चन्द्रशेखर साहसँग कागजात स

२०७९ जेठ ११ बुधबार, बिहान ११:०५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा एक ट्राफिक प्रहरी र पत्रकारबीच लफडा हुँदा पत्रकारको मोबाईल खोसिएको छ ।
नेपाल पत्रकार महासँघ सिरहा शाखाका सचिव समेत रहेका यादवलाई मँगलबार दिउँसो करिब ४ बजेको समयमा सिरहा नगरपालिका वडा नम्बर ७ स्थित चोकमै रहेको ट्राफिक बिटमा खटेका ट्राफिक प्रहरी चन्द्रशेखर साहसँग कागजात सम्बन्धी लफडा भएपछि पत्रकार यादवको मोबाईल खोसिएको हो ।
सचिव यादव मंगलबार दिउँसो ४ बजेको समयमा सिरहातर्फ गइरहेका बेला ट्राफिक बिट अगाडि राजमार्गमा ट्राफिक चेकजाँचको क्रममा पत्रकार यादवसँग कागजपत्रहरु देखाउन भनेका ट्राफिक साहले यादवले कागजपत्र देखाएपनि निहुँ खोजेर तथानाम भनेको आरोप पत्रकार यादवको छ ।
कागजात देखाएर त्यहाँबाट जान खोजेपछि ट्राफिक प्रहरी जवान साहले उनलाई दुःख दिनकै लागि निहुँ खोजेको आरोप लगाईएको छ । मोटरसाईकलमा प्रेस किन लेखेको भन्दै ट्राफिक प्रहरी साहले पत्रकार यादवलाई तथानाम भनेको आरोप नेपाल पत्रकार महासँघ सिरहा शाखाको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
ट्राफिक प्रहरी साहले ‘मैले पत्रकारलाई तह लगाउन जानेको छु’ जस्ता शब्दहरु प्रयोग गरी मोटरसाइकल नियन्त्रणमा लिँदै मोबाइल समेत खोसेको आरोप छ ।
प्रहरीले सार्वजनिक स्थलमै यसरी दुव्र्यवहार गरेपछि पत्रकार यादव मोटरसाइकल र मोबाइल त्यहीँ छाडेर निस्किएके बताइएको छ । यो घटनाको नेपाल पत्रकार महासंघ सिरहा शाखाले भत्र्सना गरेको छ। ।
महासंघ सिरहाका अध्यक्ष मनोज बनैता यादवले जारी गरेको विज्ञप्तिमा यस घटनालाई पत्रकारितामाथिको आक्रमण र अपमान भनिएको छ । महासंघले उक्त प्रहरी जवानलाई कडा कारवाही गर्न माग पनि गरेको छ ।
यता, ट्राफिक प्रहरी सिरहाका प्रहरी ईन्सपेक्टर टिकेन्द्र श्रेष्ठले पत्रकार यादवसँग कागजपत्र माग्दा उनीसँग सवारीको बिलबुक नभएको पाउँदा बिलबुक मागेको बताएका छन् ।
ट्राफिक प्रहरी जवान चन्द्रशेखर साहले बिलबुक मागेपछि साथमा बिलबुक नरहेपछि गाडी छाडेर बिल बुक मगाउन आग्रह गरेपछि पत्रकार यादव रिसाएको बताएका छन् ।
न्यूज ब्यूरोसँगको कुराकानीमा ट्राफिक ईन्सपेक्टर श्रेष्ठले पत्रकार यादवसँग सवारीको बिलबुकसहित लाईसेन्स समेत नभएको बेलामा कमसेकम बिल बुक लिएर आउन भनेपछि लफडा भएको बताए ।
उनले भने, –“चेकिँग भईरहेको थियो, पत्रकार महोदयसँग बिलबुक थिएन, लाईसेन्स पनि थिएन त्यतिबेला । हाम्रो जवानले मात्र कागजात परिपूर्ति गरिदिन आग्रह गरेपछि उहाँले जागिरै खाईदिन धम्की दिनुएको हाम्रो जवानको गुनासो छ । अब एक जिम्मेवार पदका व्यक्ति र चौथो अँगले नै यस्तो भनेपछि त आम नागरिकले के गर्ला ? कागजातको मात्र विवाद थियो । ट्राफिकसँग यस्तो शब्दहरु प्रयोग गरेको खण्डमा आक्रोसित हुनु स्वभाविक हुन सक्छ ।”
चेकजाँचकै क्रममा पत्रकार यादवले मोबाईलमा भिडियो बनाउन लागेको र जागिर खाईदिने धम्की दिएपछि ट्राफिक जवान चन्द्रशेखर साहले उनको मोबाईल लिएको दाबी ईन्सपेक्टर श्रेष्ठको छ ।
पत्रकार यादवले ट्राफिकको भिडियो बनाउन थालेपछि उनको पनि भिडियो बनाउने भनेपछि दुई जनाबीच भनाभन भएको तथा पत्रकार यादवले मोटरसाईकल र मोबाईल छाडेर गएपछि दुवै थोक जिल्ला प्रहरी कार्यालय सिरहामा जिम्मा लगाइएको बताए ।
ईन्सपेक्टर श्रेष्ठले पत्रकार यादवले सवारीको कागजातहरु लिएर सवारी लग्नको लागि आग्रह पनि गरे ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…