गत कार्यकालको अधुरा कार्यहरु पहिले पुरा हुन्छः मेयर यादव
नव निर्वाचित नगर प्रमुख यादवले सहकार्य र समन्वयमा आगामी कार्यकालमा गरिएका अधूरा कामहरु सम्पन्न गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार निर्माण लगायतका कामहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिवद्धता जाहेर गरे ।

२०७९ जेठ १० मंगलबार, बिहान ९:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशस्थित सिरहा जिल्ला सुखिपुर नगरपालिकाका मेयर राम औतार यादवले गत कार्यकालको अधुरो विकास निर्माणका कार्यहरुलाई प्राथमिकता राख्ने बताएका छन् ।
सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै मेयर यादवले विकास निर्माणको क्रममा हरेको बाधा अवरोधलाई फुकालेर विगतको दिनहरुमा अवरुद्ध भएको कार्यहरु पुनः सन्तुलित रुपले सँचालन गर्ने बताए ।
सुखिपुर नगरपालिकामा दोस्रो कार्यकालको लागि सोमबार सपथ ग्रहण गराउँदै मेयर यादवले शिक्षामा २० प्रतिशतसम्म बजेटीकरण गर्ने बताए । निर्वाचिन नव जनप्रतिनीधिहरुलाई सपथ गराउँदै मेयर यादवले सो कुरा बताए ।
नव निर्वाचित नगर प्रमुख यादवले सहकार्य र समन्वयमा आगामी कार्यकालमा गरिएका अधूरा कामहरु सम्पन्न गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार निर्माण लगायतका कामहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिवद्धता जाहेर गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…