धनुषाको क्षीरेश्वरनाथबाट ढल्यो योगी पँजीयारको रुख
उनी निवर्तमान उपमेयर रहँदै आएकोमा पुनः निर्वाचित भएकी हुन् ।

२०७९ जेठ ८ आइतबार, बेलुकी ५:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकाबाट नेपाली काँग्रेसको नेतृत्वलाई मात दिँदै एमालेले कमान सम्हाल्ने भएको छ ।
आईतबार सम्पन्न मतगणनाको क्रममा निवर्तमान मेयर एवम् नेपाली काँग्रेसका जिल्ला अध्यक्ष समेत रहेका योगेन्द्र पँजीयार एमालेका उम्मेदवार सुखदेव यादवसँग पराजीत भएका छन् ।
एमालेका सुखदेव यादवले कुल ७११३ मत ल्याएर निर्वाचित भएका छन् भने काँग्रेसका योगी पँजीयार एवम् निवर्तमान मेयरले कुल ७३०० मत ल्याएका छन् ।
सोही नगरपालिकाको मेयर पदको लागि एकिकृत समाजवादीका शिवशँकर प्रसाद सिँहले १००७ मत ल्याएका छन् ।
नगरपालिकाको उपमेयरमा पुनः रचना श्रेष्ठ माथेमा दोस्रो कार्यकालको लागि निर्वाचित भएकी हुन् । उनी निवर्तमान उपमेयर रहँदै आएकोमा पुनः निर्वाचित भएकी हुन् ।
उपमेयरको लागि नेपाली काँग्रेसबाट रचना श्रेष्ठले कुल ७५५० मत ल्याएकी छिन् भने उनकी निकटतम प्रतिद्धन्द्धी सालिनी चौधरीले ७५११ मत ल्याएकी हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…