जनताले दिशानिर्देश गरे बमोजिम नै काम गर्छुः मेयर मण्डल
दलगत विरोध र प्रतिक्षकको भूमिका रहने अन्य राजनीतिक दलबाट सिख लिने बताउँदै उनले विकासको मामिलामा कुनै पनि बाधा अवरोध नगरिदिन आग्रह समेत गरे । उनले चुनावमा जीत हार आफ्नो ठाउँमा रहेपनि जनताले चुनेको जनप्रतिनीधिले जनभावना अनुसार नै काम गर्नुपर्ने बाध्यता रहेकोले जनभावना ठेस नपुरयाउन आग्रह गरे ।

२०७९ जेठ ८ आइतबार, बिहान १०:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाको दोस्रो कार्यकालको जिम्मेवारी सम्हालेका मेयर बालेश्वर मण्डलले जनताको दिशानिर्देशमै काम गर्ने बताएका छन् ।
शनिबार निर्वाचित भएपछि निकालिएको विजय जुलुसको क्रममा उनले जेष्ठ नागरिकहरुसँग आर्शिवाद लिँदै पहिलो कार्यकालमा पनि जनभावना अनुसार नै काम गरेको भन्दै दोस्रो कार्यकालमा जनताले बाटो देखाए बमोजिम काम गर्ने बताए ।
दलगत विरोध र प्रतिक्षकको भूमिका रहने अन्य राजनीतिक दलबाट सिख लिने बताउँदै उनले विकासको मामिलामा कुनै पनि बाधा अवरोध नगरिदिन आग्रह समेत गरे । उनले चुनावमा जीत हार आफ्नो ठाउँमा रहेपनि जनताले चुनेको जनप्रतिनीधिले जनभावना अनुसार नै काम गर्नुपर्ने बाध्यता रहेकोले जनभावना ठेस नपुरयाउन आग्रह गरे ।
आफूबाट भूल भएको खण्डमा जनस्तरबाटै सल्लाह सुझाको अपेक्षा गर्दै दोस्रो कार्यकालको लागि जनताले आफूसँग कुनै शिकायतको मौका नदिने प्रयासमा रहने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…