विजयी घोषित भएपछि भेटिएको मतपेटिकाको मत पुनः मतगणना गर्दा दुवै उम्मेदवारको मत बराबर
बर्दिबासको वडा नम्बर ८ को बेलगाछीको २ वटा बाकसमध्ये एउटा बाकसको मात्रै मत गणना भएको र अर्को छुटेको थियो । छुटेको मतपेटिका अर्कै वडाका मतपेटिकाहरूसँग राखिएको पाइएको थियो ।

२०७९ जेठ ५ बिहीबार, बेलुकी ५:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको महोत्तरीमा मतगणना सकेर परिणाम समेत घोषणा भइसकेपछि एउटा मतपेटिकाको मत गन्नै बाँकी भएको पाइएपछि भएको पुनः मतगणनामा दुई उम्मेदवारको मत बराबर भएको छ ।
बर्दिबास नगरपालिकाको वडा नम्बर ८ को मत गणना सकेर परिणाम घोषणा भइसकेपछि मतपत्रले भरिएको र सिल नै नखोलिएको मतपेटिका भेटिएपछि पुनः मतगणना हुँदा माओवादी केन्द्रका समशेर सिँह ७६७ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्धन्द्धी एमालेका रुद्र बहादुर किँगरिँग समेत ७६७ मत प्राप्त गरेका छन् ।
बर्दिबासको वडा नम्बर ८ को बेलगाछीको २ वटा बाकसमध्ये एउटा बाकसको मात्रै मत गणना भएको र अर्को छुटेको थियो । छुटेको मतपेटिका अर्कै वडाका मतपेटिकाहरूसँग राखिएको पाइएको थियो ।
वडा नम्बर ८ को ९ वटा मतपेटिकामध्ये ८ वटाको मात्रै मत परिणाम सार्वजनिक भएपछि सर्वदलीय बैठक बसी पुनः मतगणनाको सहमति गरिएको थियो ।
छुटेको मतपेटिकाको गणनाबाट आउने परिणाम स्वीकार्य गराएर गणना सुरु गरिने निर्वाचन कार्यालय बर्दिवासले जनाएको छ ।
बर्दिवासको मत गणना वडा नम्बर ८ बाटै सुरु भएको थियो । निर्वाचन कार्यालय बर्दिवासले ७ सय ५३ मत प्राप्त गरी माओवादी केन्द्रका शमशेस सिंह लामा विजयी भएको घोषणा गरिसकेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…