गठबन्धनको उम्मेदवारलाई हराउँदै मौलापुरमा फेरि प्रभुकी पत्नी निर्वाचित
नेकपा एमालेका उम्मेदवार रीना कुमारी साह मौलापुर नगरपालिकामा जित हासिल गरेको छ ।

२०७९ जेठ ५ बिहीबार, दिउँसो ४:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको मौलापुर नगरपालिकाको मेयर पदमा पूनस् रीना कुमारी साह निर्वाचित भएकी छिन् ।
नेकपा एमालेका उम्मेदवार रीना कुमारी साह मौलापुर नगरपालिकामा जित हासिल गरेको छ ।
गठबन्धनका उम्मेदवारको विपरीत चुनाव लड्न उम्मेदवारी दिएकी नेकपा एमालेकी महिला मेयर उम्मेदवार रिना साहले ठूलो मतान्तरका साथ विजय हासिल गरेकी हुन ।
दोस्रो कार्यकालका लागि मेयर उम्मेदवार बनेकी साहले नेपाली कांग्रेस, माओवादी केन्द्र जसपा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका रामप्रवेश यादवलाई पराजित गरेकी छिन् ।
निवर्तमान मेयर साहले ५ हजार ५५६ मत प्राप्त गरिन् भने गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको उम्मेदवार रामप्रवेश यादवले ३ हजार ६२ मत हासिल गरेका छन् ।
मधेस प्रदेशको पहिलो महिला मेयरको रुपमा रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साह दोस्रो कार्यकालका लागि पनि भारी बहुमतका साथ निर्वाचित भएकी छिन् । साह एमाले नेता एव पूर्व मन्त्री प्रभु साहकी पत्नी हुन।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…