चन्द्रनगर गाउँपालिकामा नेपाली कांग्रेसका महतो भारी मतान्तरले विजयी
गाउँपालिकामा जम्मा १८८८४ मतदाता रहेकोमा १४३१५ कुल मत खसेको रहेको छ ।

२०७९ जेठ १ आइतबार, बिहान ८:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । चन्द्रनगर गाउँपालिका स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ ।
वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामेश्वर प्रसाद महतोले आफनो प्रतिद्वन्दी लोसपाका सुशील रायलाई २७१ भारी मत अन्तरले पछि पार्दै पुरै प्यानल विजयी भएका हुन ।
गाउँपालिका अध्यक्ष पदको लागि वडा १ मा जम्मा खसेको २३०० मत मध्ये नेपाली काङ्ग्रेस ७८० , लोसपा ३५७, माओवादी२९७ र जसपाले १९५ मत प्राप्त गरेको हो भने उपाध्यक्ष पदको लागि नेपाली काङ्ग्रेस ५८४, माओवादी३८५, लोसपा ३४९ र जसपाले २११ मत प्राप्त गरेको हो ।
गाउँपालिकामा जम्मा १८८८४ मतदाता रहेकोमा १४३१५ कुल मत खसेको रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…