कल्याणपुर नपाका शाखा अधिकृत अख्तियारको फन्दामा
न्यूज ब्यूरो, सिरहा, २१ चैत्र । सिरहाको कल्याणपुर नगरपालिकाका शाखा अधिकृत वासुदेव यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलील पक्राउ गरेको छ । गएको चैत ४ गते २० हजार रुपैयाँ घुस लिँदा–लिँदै पक्राउ परेका नगरपालिकाका नायब सुब्बा जयराम चौधरीसँगको बयानका आधारमा यादव पनि दोषी देखिएकोले उनलाई पक्राउ

२०७४ चैत २१ बुधबार, बेलुकी ५:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा, २१ चैत्र । सिरहाको कल्याणपुर नगरपालिकाका शाखा अधिकृत वासुदेव यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलील पक्राउ गरेको छ ।
गएको चैत ४ गते २० हजार रुपैयाँ घुस लिँदा–लिँदै पक्राउ परेका नगरपालिकाका नायब सुब्बा जयराम चौधरीसँगको बयानका आधारमा यादव पनि दोषी देखिएकोले उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

पक्राउ परेका शाखा अधिकृत वासुदेवबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…