
कमला नदि सिन्धुली ,उदयपुर धनुषा र सिरहा हुँदै भारत प्रवेश गर्छ । नदि छेउबाटनै मानव सभ्यताको उत्पति भयो । माँ कमला नदि एक ऐतिहासिक नदि हो । माँ कमला नदिको नामबाट नै कमला नगरपालिकाको नामाकरण भयो ।
कमला नदिमा प्रत्येक साल कार्तिक पुर्णिामाको दिन भूत मेला लागद्छ । धामीझाँक्रीको भनाइ अनुसार जुन ब्याक्तीको शरीरमा भुत प्रेत अर्थात नकारात्मक शक्तिको बास हुन्छ त्यो ब्याक्तीलाई कमला नदिमा धामीझाँक्रीको माध्यमले स्नान गराउछ र शरीरमा बास गरेको नकारात्मक शक्ति पानीमा मिसिन्छ ।
कुलदेवतालाई आस्था मानेर कमला नदिमा स्नान गर्छ र साथ साथै घरमा कुलदेवताको स्थापना गर्छ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधाम भन्दा २१ किलोमिटर पुर्वमा कमला नगरपालिका पर्द्छ । सन् २०११को जनगणना अनुसार कमला नगरपालिकाको जनसंख्या ३८,६२४ रहेको छ।
यहाँको अधिकाँश जनताहरु कृषि पेशामा आवध छ। वर्तमान समयको कुरा गर्ने हो भने कमला नगरपालिकामा उहि पुरानो एजेन्डा लिएर नेताहरु जनताको घरमा पुगि र खेतामा काम गरिरहे बेला खेतमा पुगि भोट माग्दै भन्छ– “मलाई भोट दिनुस् र जिताउनुस, म विकास गर्छु ।” आखिर कस्तो विकास ? वहाँहरु विकास भन्नले नाला बिनाको रोड निर्माण मात्र बुझ्नु भए छ सायद। कृषि ,शिक्षा र स्वास्थ पनि विकसित हुनुपर्छ सायद त्यो थाहा नै छैन त्यसैले कमला
नगरपालिकामा कृषि ,शिक्षा र स्वास्थ क्षेत्र ध्वस्त छ।
कमला नगरपालिकाको अधिकाँश जनताहरु कृषि पेशामा आवध छ्न। कमला नगरपालिकामा कृषिको धेरै सम्भावना छन् । कमला नदि र नदिको छेउमा बलौटे माटो पाइछ जुन माटोमा गर्मी मौसममा पाइने फलहरु किसानले उब्जाउ छन र चिम्टयाइलो मोटोमा किसानहरु तरकारी ,धान खेती र गहु खेती गर्छ तर नगरपालिका भित्र अधिक मात्रामा मल खाद्य नपाएको कारणले गर्दा उत्पादनमा वृद्धि हुदैन।
मल खाद्य ल्याउनको लागि भारतीय बजारमा जानु पर्छ त्यो पनि १५ किलो मल खाद्य ल्याउनको लागि २ देखि ३ चोटि भारतीय बजार जानू पर्छ। सिँचाइको सुबिधा नभएको करणले गर्दा खेतमा लगाएको बाली घामको कारण डढ्न थालछ र बाली नष्ट हुन्छ ।
सिँचाइको अभाव र खेती लगाउने वेलामा मल नपाएको कारणले गर्दा ,कृषिलाई प्राथमिकता नदिएको र कृषि उत्पादकत्व वृद्धि गर्नको लागि आव्श्यक पर्ने कृषि शिक्षा नगरपालिकाले प्रभावकारी तरिकाले संचालन गर्न सकेको छैन।
विकासको प्रमुख औजार शिक्षा हो। बिद्यालय शान्ति क्षेत्र हुनुपर्छ ।गुणस्तरीय शिक्षा प्रदान गर्नु नै विद्यालयको मुख्य उदेश्य हुन्छ तर यहाँको विद्यालयहरु राजनीति गर्ने अखाडा बनेको छ ।
विद्ययालयहरु शैक्षिक केन्द्र नभएर राजनीति गर्ने केन्द्र बनेको छ। शिक्षा क्षेत्रमा कमला नगरपालिका निकै पछाडि परेको क्षेत्र हो। विगतको १५ वर्षमा जुन जर जर अबस्थामा विद्यालयाहरु थियो त्योभन्दा झन जर जर अवस्थामा पुगेको छ।
विद्यालय व्यवस्थापन समिती र प्रधानाध्यापक विच विवाद र लगातार विद्ययालयहरुमा हुने बन्द हडतालको कारणले गर्दा विद्यार्थीको पढाइ नराम्रो तरिकाले प्रभावित हुन्छ र अध्यन गर्न वातावरण नभएकोले र विद्यालय अशान्ति क्षेत्र बन्न पुगेको हुनाले चर्को घाममा घन्टौं हिडेर र साइकल चलाएर सहिदनगर नगरपालिका विदेह नगरपालिका र जनकनन्दनी गाउँपालिकाको विद्यालयमा गएर अध्यन गर्नको लागि बाध्य हुन्छ ।
विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक बीच विवादको कारण फलस्वरूप विद्यालय अशान्ति क्षेत्र र दुस्ति राजनीति गर्ने क्षेत्र भएको छ।फ। विद्यालय अशान्त वातावरण र अध्यन गर्ने वातावरण हुन नसक्नुमा कुनै एउटा मात्र कारण नभई धेरै कारणहरू छ तर प्रमुख कारण चाहिँ विद्ययालयमा हुने दुस्ति राजनीति हो ।
वर्षाको मौसममा कमला नदिमा ठुलो बाढी आउँछ बाढीको कारणले गर्दा कमला नदीले तटबन्ध कटान गर्न सुरु गर्छ र आसपासको खेतमा लगाएको बाली नदिको पानीले पुर्ण रुपमा नस्ट हुन्छ।
पुल नभएको कारणले गर्दा एक गाउँ बाट अर्को गाउँ जानको लागि समेत गाह्रो हुन्छ । यस्ता खाले समस्या कमला नगरपालिकाको बासिन्दाहरु बर्सौ देखि झेलिरहेको छ ।बर्षाको मौसममा निरीक्षण र समस्या बुझ्नको लागि नेताहरु चार पाङ्ग्रा जान्छ तर जनताहरुलाई बाढीको कारण भुमिमा हिड्ने वातावरण समेत रहदैन ।
वर्षाको मौसम ,बिजुली नभएको र बाढीको कारणले रातीको समयमा सर्प टोक्दा सर्प दंन्स उपचार केन्द्र ,एमबुलेन्स र नगरपालिका स्तरको अस्पताल नभएको कारणले गर्दा नगर बासीहरुलाई धेरै समस्या हुन्छ।
सोचौँ
२०७४ सालको स्थानीय तहको चुनावमा कमला नगरपालिका वडा न २ बिजुलिया गाउँबाट माची गाउँमा रहेको मतदान स्थलबाट एक जना वृद्ध आमा भोट खसालेर घर फर्किदै गर्दा बाटोमा रहेको दुर्गा मन्दिरमा वहाँले भगवान सङ्ग प्राथना गर्नुभयो कि –मैले भोट दिएको नेताहरूलाई चुनावमा जिताइ दिनु होला ।
भाग्यवश वृद्ध आमाले भोट दिएको मध्य सबै नेताहरु विजय भए । ती वृद्ध आमा र नगरपालिकाको जनताहरु नगरपालिकालाई विकास गर्न र हाम्रो समस्या सुन्ने छ भने आश र विस्वाको साथ नेताहरुलाई भोट दियो तर त्यो नेतृत्वले नगरपालिकालाई विकास गर्न सकेन।
दुष्टि राजनीति र असफल नेतृत्वको कारण नगरपालिका विकास हुन सकेन।शिक्षा ,कृषि र स्वास्थ क्षेत्र अस्तव्यस्त छ। कर बढाएता पनि नगरपालिकाबाट प्राप्त हुने सुबिधा न्यून छ।
जनताको समस्या बुझेर नगरपालिकालाई नेतृत्व गर्ने नेताको खोजीमा छन्। कृषकले नगरपालिका भित्र मल खाद्य ,सिँचाइको र कृषि पेशालाई प्राथमिकता दिने खोजी गर्दै छ र युवा र विद्यार्थीहरु आफ्नै नगरपालिका भित्र शान्ति वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्ने नेतृत्व खोज्दै छ।
के अब नेतृत्व पाउने नेताले कमला नगरपालिकालाई समृद्ध बनाउन सक्ला तरुजनता र जनप्रतिनिधि बीच हुने सम्बन्ध स्थापना गर्न सक्ला त?
राहुल मण्डल
कानुन विद्यार्थी
काठमाडौ मोडेल सेकेन्डरी स्कुल
एसपीले टेरेनन् डिआईजीको निर्देशन, घुमुवा तिवारीको कागजी बिदा, असुली कायमै
- २०७९ बैशाख २८ बुधबार
न्यूज ब्यूरो, वीरगंज । पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले आफ्ना विश्वासपात्रका रूपमा वडा प्रहरी कार्यालय बिर्तामा कार्यरत घुमुवा प्रहरी धर्मेन्द्र तिवारीलाई खटाएर भारतसँगको सीमावर्ती नाकाहरूबाट तस्करीको लाईन
पूरा पढ्नुहोस्