धनुषाधामको मेयरमा 'बालेश्वर मण्डल' एक्लै भारी
उनले धनुषाधाम नगरपालिकालाई पूर्ण सौन्दर्यीकरणको लागि विगत देखि नै योजना चल्दै आएको बताउँदै ऐतिहासिक भूमिलाई एक सुन्दर शहरको रुपमा निर्माण गर्ने बताए ।

२०७९ बैशाख २७ मंगलबार, बिहान ८:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसको गढ मानिएको धनुषाधाम नगरपालिकाको मेयर पदमा पुनः बालेश्वर मण्डल एक्लै भारी उम्मेदवारको रुपमा देखिएका छन् ।
धनुषाधाम नगरपालिकाको वडा नम्बर १ देखि ९ सम्म नेपाली काँग्रेसको बलियो सँगठन रहेको धनुषाधाममा बालेश्वर मण्डल अन्य उम्मेदवारहरुभन्दा बलिया देखिएका छन् ।
विभिन्न वडामा नेपाली काँग्रेसको सँगठनसहित विगतको चुनावमा समेत भारी मतले निर्वाचित भई धनुषाधामवासीको लागि विकासको विजारोपण गरेपछि जनचाहना समेत बढेको उम्मेदवार मण्डलले बताए ।
उनले धनुषाधाम नगरपालिकालाई पूर्ण सौन्दर्यीकरणको लागि विगत देखि नै योजना चल्दै आएको बताउँदै ऐतिहासिक भूमिलाई एक सुन्दर शहरको रुपमा निर्माण गर्ने बताए ।
उनले धनुषाधामको ऐतिहासिक पहिचान बचाउन र सौन्दर्यीकरणसहित नगरवासीको लागि आफू सदैव तत्पर रहँदै आएको बताउँदै निर्वाचनमा जनमत पाएको बताए ।
नेपाली काँग्रेसबाट शून्य विवादमा परेकी उपमेयर विद्या देवी भुजेलको पनि उतिकै चर्चा छ । प्रथम कार्यकालमा कहिले पनि विवादमा नपरेकी उपमेयरकी उम्मेदवार विद्या देवी भूजेल पनि अन्य उम्मेदवार भन्दा बलिया देखिएकी हुन् ।
धनुषाधाम नगरपालिकाको ९ वटै वडामा नेपाली काँग्रेसको सँगठन अन्य राजनीतिक दलभन्दा मजबुत रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…